जेष्ठ ५, २०८१ शनिबार

बिर्तामोड ४ मा एमालेको प्यानलै निर्वाचित

बिर्तामोड । झापाको बिर्तामोड– ४ मा एमालेको प्यानल नै निर्वाचित भएको छ । वडा नं. ४ को वडाध्यक्षमा राहुल शर्मा निर्वाचित भएका छन् ।

यसअघि नेपाली कांग्रेसले जितेको सो वडामा शर्मा सदस्य थिए । शर्माले १८१३ मत ल्याएका छन् भने कांग्रेसका उम्मेद्वार कुलप्रसाद संग्रौलाले १७२० मत प्राप्त गरेका छन् ।

वडा नं. ४ को महिला सदस्यमा रमादेवी राजवंशी, दलित महिला सदस्यमा निर्मलादेवी सुनुवार, खुल्ला सदस्यहरुमा उमेश राउत र केशव कुमार श्रेष्ठ निर्वाचित भएका छन् ।

प्रकाशित मिति : जेष्ठ ५, २०७९ बिहीबार  ३ : २४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]