बैशाख ७, २०८१ शुक्रबार

झापा गापामा अध्यक्ष र उपाध्यक्ष कांग्रेसका उम्मेदवार निर्वाचित

झापा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पद नेपाली कांग्रेसले जितेको छ । गाउँपालिका अध्यक्षमा दोस्रो कार्यकालका लागि जयनारायण शाह र उपाध्यक्षमा अञ्जुदेवी थपलियाले जीत हासिल गर्नुभएको हो ।

शाहले ६ हजार ७९८ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का गौरीशङ्कर राजवंशीले चार हजार ३६५ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा निर्वाचित थपलियाले पाँच हजार ८६८ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार देवीमाया अधिकारीले चारहजा ३७१ मत प्राप्त गर्नुभयो ।

गत स्थानीय तहको निर्वाचनमा समेत झापा गाउँपालिकामा अध्यक्ष पद नेपाली कांग्रेसका तर्फबाट शाहले नै जीत हासिल गर्नुभएको थियो । उपाध्यक्षमा एमालेबाट कुन्तादेवी बुढाथोकीले जीत हासिल गर्नुभएको थियो । सात वटा वडा रहेको यो पालिकामा पाँच वडामा वडाध्यक्षसमेत कांग्रेसले नै जीत हासिल गरेको छ । दुई वडामा भने स्वतन्त्र उम्मेदवारले जीत हासिल गरेका हुन् । वडा नं ३ मा सुभासलाल गणेशले वडाध्यक्ष जित्नुभयो ।

त्यस्तै वडा नं ५ मा कृष्णप्रसाद राजवंशीले वडाध्यक्षमा जीत हासिल गर्नुभयो । झापा गाउँपालिका वडा नम्बर १ मा कांग्रेसबाट राजकुमार यादवले दोस्रो कार्यकालका लागि वडाध्यक्षमा निर्वाचित बन्नुभयो । त्यस्तै वडा नं २ मा कांग्रेसबाट हिमालकुमार चम्लगाईं, ३ मा स्वतन्त्र उम्मेदवार सुभासलाल गणेश, ४ मा कांग्रेसका महमत ताहिर, ५ मा स्वतन्त्र उम्मेदवार कृष्णप्रसाद राजवंशी, ६ मा कांग्रेसबाट नवीनकिशोर थापा र वडा नं ७ मा शखीचन्द्र ठाकुर निर्वाचित हुनुभयो ।

प्रकाशित मिति : जेष्ठ ५, २०७९ बिहीबार  ७ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]