जेष्ठ ५, २०८१ शनिबार

३२ हजार गणना हुँदा मेयरका उम्मेद्वारलाई बिर्तामोडमा तीन मत

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकामा मत गणना अन्तिम चरणमा पुगेको छ । वडा नं. ५, ६ र ७ नं. को गणना जारी छ । यस बाहेक सबै वडाको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ ।

बिर्तामोडको वडा नं. १, २,३,४ र ९ मा एमालेले जितिसकेको छ भने वडा नं. ८ राप्रपा र १० मा कांग्रेस विजयी भएका छन् । बिहीवार साँझ समाचार तयार गर्दासम्म ३२ हजार १ सय २५ मग गणना भएको तथ्याङक सार्वजनिक भएको थियो ।
सार्वजनिक भएको परिणाम अनुसार मेयर पदमा एमालेको उम्मेद्वार पवित्रा महतरा प्रसाईले १२८४२ र एमालेकै उपमेयरको उम्मेद्वार नगेन्द्र संग्रौलाले १२२३९ मत प्राप्त गर्न सफल भएका छन् ।

यसैगरी मेयर पद्का उम्मेद्वारहरु नेपाल लोकतान्त्रिक पार्टीका अञ्चल धिमालले ३ मत, जनता समाजवादी पार्टीका उदय गुरुङले १३९, नेपाल परिवार दलका केदार ढुङ्गाना ८ मत, राप्रपा धु्रवकुमार उप्रेती ४४६५ मत, स्वतन्त्र उम्मेद्वार नगेन्द्र अधिकारी ३६ मत, मौलिक जरोकिलो पार्टीका प्रज्वल अधिकारी शर्माले ७७, नेपाली कांग्रेसका भोजराज सिटौलाले १०१३६ मत, आमुल परिवर्तन मसिहा पार्टीका मनकुमार खुदाङ लिम्बुले १४ मत र मंगोल नेशनल अर्गनाइजेशन पार्टीका उम्मेद्वार राजकुमार लावती २२८ मत प्राप्त गरेका छन् ।

यस्तै, उपमेयरका उम्मेद्वार संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी अमृता लावती २२, नेकपा माओवादी केन्द्रका सीपी कडरियाले ६६०४, जनता समाजवादी पार्टीका चिजा राईले १५५ मत, नेकपा समाजवादीका तीर्थराज सिग्देलले १६०, विवेकशिल साझा पार्टीका निशासोनी कर्ण १९९ , राष्ट्रिय प्रजातन्त्र पार्टीकी रञ्जु प्याकुरेलले ५४५५ मत , मंगोल नेशनल अर्गनाइजेशनकी रिता देवी शर्माले २२२ मत र मौलिक जरोकिलो पार्टीकी रोमादेवि निरौला घिमिरे ४३ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : जेष्ठ ६, २०७९ शुक्रबार  ८ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]