बैशाख २१, २०८१ शुक्रबार

गठबन्धनको प्राविधिक जीत

सम्पादकीय
जिल्ला निर्वाचन कार्यालय झापाले लक्ष्य अनुसार मतगणना सक्दैछ । जेठ ५ लाई प्राथमिकतमा राखे पनि जेठ ७ सम्म सक्ने जिल्ला कार्यालयको योजना थियो । सोही बमोजिम आज जिल्लाको मतगणना लगभग सकिदैछ । राजनीतिक दलहरुका कारण प्राविधिक समस्या आइलाग्दा समयमा गणना सम्पन्न भएन । तथापि, आज सक्नैपर्ने समय सीमा छ । हालसम्म मत परिणाम आइसकेको स्थानीय तहहरुमा मिश्रित नतिजा आएको छ । सबै दलहरुको उम्मेद्वारलाई मतदाताले निर्वाचित गएका छन् । मतदाताको स्वतन्त्र मतदानलाई सम्मान गर्नुपर्छ ।

ठुला दल भनिएका एमाले, कांग्रेस र माओवादीलाई मतदाताले आफ्नो विवेक प्रयोग गरेर मत दिए । जसका कारण हरेक पालिकामा मिश्रित नतिजा आयो । हालै सम्पन्न स्थानीय तह निर्वाचनमा एमाले विरुद्ध कतै गठबन्धन गरिएको थियो भने कतै महागठबन्धन गरिएको थियो । गठबन्धन गरिएका ठाउँहरुमा पनि मतदाताले राम्रैसँग बुझेर मतदान गरेका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गर्ने मानसिकताबाट गरिएको गठबन्धनले अपेक्षाकृत नतिजा हासिल गर्न सकेन ।

गठबन्धनमा सबैभन्दा धेरै फाइदा नेपाली कांग्रेसले लिएको छ । कांग्रेसलाई जिताउनका लागि नेकपा माओवादी केन्द्र प्रयोग भयो । माओवादीका नेता कार्यकर्ताले इमान्दारिता देखाएको नतिजाहरुबाट बुझ्न सकिन्छ । तर, नेपाली कांग्रेसले माओवादीलाई क्षम्य हुनै नसक्ने गरी धोका दिएको छ । समग्रमा माओवादीले अपेक्षाकृत नतिजा प्राप्त गर्नै सकेन । अहिले गठबन्धन हुदाहुदै पनि एमालेले एक्लै अन्य दलसँग प्रतिष्पर्धा गरेर सन्तोषजनक परिणाम हात पारेको छ । यसलाई राजनीतिक जीत भन्न सकिन्छ । तर, गठबन्धनको जीतलाई राजनीतिक भन्न सकिदैन । गठबन्धनको जीत प्राविधिक जीत मात्रै हो ।

प्रकाशित मिति : जेष्ठ ७, २०७९ शनिबार  ९ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]