जेष्ठ ५, २०८१ शनिबार

गठबन्धन ढालेर बिर्तामोडको मेयरमा पवित्राको उदय

बिर्तामोडमा कसले कति मत पाए ?
बिर्तामोड । सबै राजनीतिक दलको प्रतिष्ठा बनेको बिर्तामोड नगरपालिकामा नेकपा एमाले विजयी बनेको छ । एमालेका उम्मेद्वार प्रमुख र उपप्रमुखमा निर्वाचित भएका छन् ।

प्रमुखमा पवित्रा महतरा र उपप्रमुखमा नगेन्द्र सङ्ग्रौला विजयी बनेका छन् । महतराले नेपाली कांग्रेसका भोजराज सिटौलालाई तीन हजार ७५८ मतले पराजित गरिन् । उनले १६ हजार ५२० मत प्राप्त गरेकी छन् भने सिटौलाको १२ हजार ७६२ मत मात्र प्राप्त गरे । महतरा झापाको पहिलो महिला मेयरका रुपमा निर्वाचित भएकी छन् ।

यसैगरी उपप्रमुखमा सङ्ग्रौला १५ हजार ५८६ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटम् प्रतिस्पर्धी सिपी कडरियाले आठ हजार ४५१ मत प्राप्त गरेका छन् । यसअघिको कार्यकाल बिर्तामोडको उपप्रमुख महतराले गठबन्धनको सामना गर्नु परेको थियो । एमाले बाहेक सबै दलहरुको गठबन्धनलाई एमालेले पराजित गरेको छ ।

बिर्तामोडको वडा नं. १ मा एमालेका अग्नि पाण्डे वडाध्यक्षमा निर्वाचित भएका छन् । पाण्डेले १४६९ मत प्राप्त गरेका थिए भने कांग्रेसका उम्मेद्वार बलराम कार्कीले १२२३ मत प्राप्त गरे ।

वडा नं.२ मा किशोर पौडेलले २०२१ मत ल्याउदै निर्वाचित भए । कांग्रेसका उम्मेद्वार धर्म लक्सम्बाले १२३० मत ल्याउन सफल भए । यस्तै, वडा नं. ३ मा मदन बुढाथोकीले २२६३ मत ल्याई निर्वाचित भए । कांग्रेसका उम्मेद्वार प्रेम प्रसाद उप्रेतीले ११४१ मत प्राप्त गरेका थिए ।

वडा नं. ४ राहुल शर्मा १८०६ मत ल्याएर निर्वाचित भएका छन् । कांग्रेसका उम्मेद्वार कुलप्रसाद संग्रौलाले १७२५ मत प्राप्त गरेका थिए । वडा नं. ७ मा अविरल कृष्ण खरेल १२७० मतका साथ विजयी भए । राप्रपाका उम्मेद्वार नवराज भट्टराईले ११०७ मत ल्याएका छन् । वडा नं. ९ हरि प्रसाद चौलागाईले ९५८ मत ल्याउदै विजयी भए भने माओवादीका उम्मेद्वार मनप्रसाद सुब्बाले ८०१ मत ल्याए । यस्तै, वडा नं. ५ मा कांग्रेसका उम्मेद्वार रोहित प्रसाई २४७९ मतका साथ निर्वाचित भए भने एमालेका उम्मेद्वार राजेन्द्र लिङ्देनले २२३९ मत प्राप्त गर्न सफल भए ।

वडा नं. ६ मा कांग्रेसका उम्मेद्वार सुर्यप्रसाद कन्दङ्वा १२८३ मत ल्याउदै निर्वाचित भए । एमालेका उम्मेद्वार बुद्धिराम भट्टराईले ९८६ मत ल्याएका थिए । यस्तै, राप्रपाका उम्मेद्वार अजय कार्की १४५० मत ल्याउदै वडा नं. ८ को वडाध्यक्षमा निर्वाचित भएका छन् ।

कांग्रेसका उम्मेद्वार चिरन्जिवी कार्कीले ७३५ मत ल्याएका थिए । वडा नं. १० मा कांग्रेसका दुर्योधन गुरुङ १९९३ मतका साथ निर्वाचित भएका छन् । सो वडामा एमाले रिमानध्वोज सुब्बा १५५९ मत ल्याएर पराजित भए ।

प्रमुख, उपप्रमुखमा कसको मत कति ?
यस्तै, मेयर पद्का उम्मेद्वार नेपाल लोकतान्त्रिक पार्टीका अञ्चल धिमालले ६ मत, जनता समाजवादी पार्टीका उदय गुरुङले १७९, नेपाल परिवार दलका केदार ढुङ्गाना १० मत, राप्रपा धु्रवकुमार उप्रेती ५६५६ मत, स्वतन्त्र उम्मेद्वार नगेन्द्र अधिकारी ३८ मत, मौलिक जरोकिलो पार्टीका प्रज्वल अधिकारी शर्माले ९९, नेपाली कांग्रेसका भोजराज सिटौलाले १२७६२ मत, आमुल परिवर्तन मसिहा पार्टीका मनकुमार खुदाङ लिम्बुले २२ मत र मंगोल नेशनल अर्गनाइजेशन पार्टीका उम्मेद्वार राजकुमार लावती २८६ मत प्राप्त गरेका छन् ।

यस्तै, उपमेयरका उम्मेद्वार संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी अमृता लावती २५, नेकपा माओवादी केन्द्रका सीपी कडरियाले ८४५१, जनता समाजवादी पार्टीका चिजा राईले २०३ मत, नेकपा समाजवादीका तीर्थराज सिग्देलले २०१, विवेकशिल साझा पार्टीका निशासोनी कर्ण २४२ , राष्ट्रिय प्रजातन्त्र पार्टीकी रञ्जु प्याकुरेलले ६०८० मत , मंगोल नेशनल अर्गनाइजेशनकी रिता देवी शर्माले २६८ मत र मौलिक जरोकिलो पार्टीकी रोमादेवि निरौला घिमिरे ५४ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : जेष्ठ ७, २०७९ शनिबार  ९ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]