बैशाख २२, २०८१ शनिबार

सेवक भएर काम गर्ने एमालेको प्रतिवद्धता

बिर्तामोड । नेकपा एमालेले शनिवार बिर्तामोडमा बिजय जुलुस निकाल्दै नगर परिक्रमा गरेको छ । एमाले बिर्तामोड नगर कमिटीको आयोजनामा विजय जुलुस मार्फत मतदातालाई धन्यवाद दिइएको छ । नगरपालिका कार्यालय अगाडिबाट निस्किएको विजय जलुसले नगरका सबै वडा परिक्रमा गरेको छ ।

नेकपा एमालेले बिर्तामोडमा शानदार जीत हासिल गरेको खुशीयालीमा निकालिएको विजय जुलुसमा ठूलो संख्यामा नेता कार्यकर्ता र शुभेच्छुक सहभागी भएका थिए ।

??????

एमाले नगर कमिटीले आफ्ना उमेद्वार बिजयी गराउन महत्वपूर्ण भूमिका खेल्ने सबै शुभेच्छुक र मतदातालाई धन्यवाद पनि दिएको छ । एमालेका तर्फबाट बिर्तामोडमा नगर प्रमुख र उपप्रमुखसहितका जनप्रतिनिधि निर्वाचित भएका छन् ।

नगर प्रमुखमा पवित्रा महतरा प्रसाई र उपप्रमुखमा नगेन्द्र संग्रौला बिजयी भएका छन् । वडा नम्वर १,२,३,४,७ र ९ नम्वर वडामा एमालेले प्यानलसहित जीत हात पारेको नगर कमिटी अध्यक्ष सुवास भट्टराईले बताए । जुलुसअघि आयोजित सभामा बोल्दै नेकपा एमाले झापाका इञ्चार्ज अग्नि खरेलले सबैलाई समान व्यवहार गरेर एमालेले स्थानीय सरकार चलाउने बताए ।
अलग–अलग विचार सिद्धान्त भएका पार्टीहरु एक ठाउँमा डल्लो परेर गठबन्धन गरे पनि त्यसलाई जनताले अस्वीकार गरेर देखाइ दिएको नेता खरेलले बताए ।

यस्तै, नगर परिक्रमाका क्रममा नवनिर्वाचित प्रमुख, उपप्रमुखले कोणसभाहरुमा मतदातालाई धन्यवाद दिएका छन् । उनीहरुले मतदातालाई धन्यवाद दिदैं सबैको सेवक भएर काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

प्रकाशित मिति : जेष्ठ ७, २०७९ शनिबार  ९ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]