बैशाख २१, २०८१ शुक्रबार

अझै सकिएन झापाका पाँच पालिकाको मतगणना

बिर्तामोड । झापाको ५ वटा पालिकामा अझै मतगणना सकिएको छैन । मेचीनगर, कमल, गौरादह, गौरीगञ्ज र शिवसताक्षीमा मत गणना भइरहेको छ ।

जिल्ला निर्वाचन कार्यालय झापाले ७ गतेभित्र मतगणना सम्पन्न गर्ने लक्ष्यका साथ काम गरेको थियो । विभिन्न कारणले मतगणनामा समस्या आउँदा समयमा गणना सम्पन्न गर्न प्राविधिक कठिनाई भएको निर्वाचन कार्यालय झापाले जनाएको छ ।

समाचार तयार गर्दासम्म मेचीनगरको वडा नं. ५ र ७ को मतगणना जारी थियो । आइतवारसम्म सबै गणना सक्ने गरी तीब्र गतिमा गणना कार्य सञ्चालन गरिएको बताइएको छ ।

यस्तै, गौरीगञ्जमा वडा नं. ५ र ६ गणना गर्न बाँकी रहेको स्थानीय पत्रकार मदन राजवंशीले जानकारी दिए । हालसम्म ४ वडासम्म गणना सम्पन्न भइसकेको छ । गौरादह नगरपालिका वडा नं. ७ मा निर्वाचन कार्यालयले एमाले विजयी भएको घोषणा गरेपछि नेपाली कांग्रेसले लफडा झिकेको छ । कांग्रेसका कारण गौरादहको मतगणना रोकिएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार गौरादहको मतगणना आइतवार विहानदेखि शुरु हुनेछ ।

यस्तै, कमल गाउँपालिका वडा नं. ६ र ७ को गणना जारी छ । आइतवारभित्र गणना सम्पन्न गर्ने तयारी रहेको बुझिएको छ । शिवसताक्षी नगरपालिकाको वडा नं. ८,९,१० र ११ को मत गणना भइरहेको छ । स्थानीय पत्रकार सरोज भट्टराईका अनुसार मुस्किलले आइतवार बेलुकासम्म सकिन्छ । ४ वटै वडाको एकै पटक गणना चलिरहेको छ ।

हालसम्म अर्जुनधारा, बुद्धशान्ति, बिर्तामोड, भद्रपुर, हल्दिवारी, कचनकवल, कनकाई, झापा, दमक, बाह्रदशीको मत परिणाम सार्वजनिक भइसकेको छ । परिणाम सार्वजनिक भएका पालिकामा विजय उत्सव चलिरहेका छन् ।

प्रकाशित मिति : जेष्ठ ८, २०७९ आईतबार  ७ : २१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]