बैशाख २०, २०८१ बिहीबार

निर्वाचनको विभाजन अन्त्य गरौं

सम्पादकीय
स्थानीय तहको निर्वाचनले आम नागरिकलाई विभाजित गरेको छ । निर्वाचन शुरु हुन अगावै कोहि एमाले, कोहि कांग्रेस, माओवादी । निर्वाचनको पूर्वसन्ध्यामा सबै नागरिक विभिन्न पार्टीमा आस्था राख्ने हुनाले विभाजित भएका थिए । कसैले सुर्यलार्य भोट मागे, कसैले रुखलाई भोट मागे । त्यस्तै, हलो, लौरो र जेब्रालाई भोट मागियो । निर्वाचनका बेला छरछिमेकको सम्वन्ध समेत प्राथमिकतामा पर्दैन रहेछ । निर्वाचनमा मात्र, पार्टी र आस्थालाई विचार पुराइन्छ । उम्मेद्वार घोषणादेखि निर्वाचनका दिनसम्म आम नागरिक विभाजित भए ।

अहिले मतगणना अन्तिम चरणमा पुगेको छ । झापाका धेरैजसो स्थानीय तहको मतगणना सम्पन्न भइसकेको छ । छिटपुट पालिकाको नतिजा सार्वजनिक हुने चरणमा छ । निर्वाचन परिणाम सार्वजनिक भइसकेका ठाउँहरुमा जनप्रतिनिधिहरु विजय उत्सव मनाइरहेका छन् । विजय उत्सवसम्म विभाजन नै देखिन्छ । तर, विजय उत्सवपछि सबैले जनप्रतिनिधिलाई साझा रुपमा ग्रहण गर्नुपर्छ । र, जनप्रतिनिधिले पनि जुनसुकै पार्टीबाट विजयी हासिल गरे पनि आम नागरिकको साझा बन्नुपर्छ ।

निर्वाचन एउटा प्रक्रिया मात्र हो । समाजमा एकताका लागि विभाजन छ भने पनि अन्त्य गरिनुपर्छ । स्वभाविक रुपमा हरेक नागरिकलाई विभिन्न पार्टीमा आस्था राख्न पाउने नैसर्गिक अधिकार छ । त्यसैले नागरिकको स्वतन्त्रतामा जनप्रतिनिधिले कुनै पूर्वाग्रह पनि राख्न हुदैन । आम मतदाताले पनि जनप्रतिनिधि जुनसुकै पार्टीबाट निर्वाचित भएको भए पनि पूर्वाग्रह राख्न मिल्दैन । यसैले निर्वाचनमा भएका मनमुटाव, विभाजनलाई आजैबाट अन्त्य गरेर एकताका साथ विकास र संमृद्धिका लागि सहयोग गर्न जुटौं । गलत गतिविधि विरुद्ध सधैं खवरदारी गरौं ।

प्रकाशित मिति : जेष्ठ ८, २०७९ आईतबार  ७ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]