झापाको गौरीगञ्जमा अध्यक्ष, उपाध्यक्ष नै महिला निर्वाचित
बिर्तामोड । गौरीगञ्ज गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा दुवै जना महिला निर्वाचित भएका छन् । नेपाली कांगे्रसको उम्मेद्वार फुलवती राजवंशी अध्यक्षमा निर्वाचित भएकी छन् ।

यस्तै, नेकपा एमालेको उम्मेद्वार पुजन न्यौपाने उपाध्यक्षमा निर्वाचित भएकी छन् । अब करिव २ सय मत गन्न बाँकी रहेको छ । हालसम्मको परिणाम अनुसार अध्यक्षमा राजवंशी २ हजार र उपाध्यक्षमा न्यौपाने ११ सय मत अगाडि रहेका छन् ।