बैशाख २१, २०८१ शुक्रबार

शिवसताक्षीमा एमालेबाट मेयर उपमेयर निर्वाचित

बिर्तामोड । नेकपा एमालेले शिवसताक्षी नगरपालिकाको मेयर, उपमेयर पदमा जीत हासिल गरेको छ । मेयरमा मेघहाङ्ग थोप्रा (रोषन) र उपमेयरमा नरमाया कार्की निर्वाचित भएका छन् ।

गठबन्धन तर्फका नेपाली कांग्रेसका पर्शुराम ढुंगानालाई भारी मतअन्तरले हराउँदै थोप्रा विजयी भएका हुन् । मेयर पदक विजयी थोप्राले १६ हजार ४९८ मत प्राप्त गरेका छन् भने उनका निकटम प्रतिद्वन्दी गठबन्धनका नेपाली कांग्रेसका पर्शुराम ढुंगानाले १३ हजार ५० मत प्राप्त गरेका छन् । त्यसैगरी उपमेयरमा विजयी कार्कीले १४ हजार १५५ मत प्राप्त गरेकी थिइन् भने उनका निकतम प्रतिद्वन्दी महेन्द्र भट्टराईले ९ हजार ५२५ मत प्राप्त गरेका थिए ।

शिवसताक्षी नगरपालिकाको वडा नं. १, ४, ५, १० र ११ नेकपा एमालेको प्यानलै विजयी भएको छ । वडा नं. २ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका भिम नेम्वाङ्ग विजयी भएका छन् । अन्य सदस्यहरुमा नेकपा एमाले सबै विजयी भएका छन् । त्यस्तै वडा नं. ३ मा वडाध्यक्षमा नेपाली कांग्रेसका भाष्कर न्यौपाने र दुई वडा सदस्य र नेकपा एमाले बाट दुई सदस्य निर्वाचित भएका छन् । त्यस्तै वडा नं. ६ मा नेपाली कांग्रेसका वडाध्यक्ष मनोज खुलाल कार्की र एक सदस्य र नेकपा एमालेबाट तीन सदस्य विजयी भएका छन् ।

वडा नं. ७ नेपाली कांग्रेसका वडाध्यक्ष भवानी विक्रम चेम्जोङ्ग लिम्बु सहित २ सदस्य र नेकपा एमालेका दुई सदस्य विजयी भएका हुन् । वडा नं. ८ नेपाली कांग्रेसको वडाध्यक्ष सन्त फेउदिन सहित प्यानलै विजयी भएको हो । त्यस्तै वडा नं. ९ नेपाली कांग्रसका वडाध्यक्ष डिल्लीलाल फेम्बू र नेकपा एमालेका ४ सदस्यहरु विजयी भएका छन् । वडा नं. १० मा नेकपा एमाले वडाध्यक्ष हर्कबहादुर सिगु सहित प्यानलै विजयी भएको छ । वडा नं. ११ मा नेकपा एमाले वडाध्यक्ष बहादुर आङ्गबो सहित प्यानलै विजयी भएका छन् । यसअघि पनि एमालेले शिवसताक्षीमा मेयर, उपमेयर दुवै पदमा जीत हासिल गरेको थियो ।

प्रकाशित मिति : जेष्ठ ८, २०७९ आईतबार  ९ : २९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]