बैशाख १४, २०८१ शुक्रबार

गौरादहको मेयरमा एमालेका छत्रपति सुवेदी र उपमेयरमा जलवर्षा राजवंसी विजयी

गौरादह- अघिल्लो पटक एमालेले गुमाएको गौरादह नगरपालिका यसवर्ष फिर्ता ल्याएको छ । गएराती सकिएको मतगणना अनुसार मेयरमा एमालेका छत्रपति सुवेदी र उपमेयरमा जलवर्षा राजवंसी विजयी हुनुभएको छ ।

निर्वाचन अधिकृतको कार्यलयले जनाए अनुसार एमालेका सुवेदीले १२ हजार ८ सय ४९ मत ल्याँउदा गठबन्धनका रोहित कुमार साहले ११ हजार ४ सय ८४ मत ल्याउनुभएको छ ।

यसैगरी उपमेयरमा एमालेकी राजवंसीले ११ हजार ९ सय १४ मत ल्याँउदा गठबन्धनका पुष्प ढकालले १० हजार ४ सय ३८ मत प्राप्त गर्नुभएको छ ।

एमालेको गढ मानिने गौरादहमा २०७४ को स्थानीय चुनावमा मेयर काँग्रेसले जितेको थियो भने उपमेयर सहित बहुमत वडाध्यक्ष एमालेले जितेको थियो ।

प्रकाशित मिति : जेष्ठ ९, २०७९ सोमबार  ८ : १९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]