बैशाख ८, २०८१ शनिबार

झापामा जिसस गठन गर्न एमालेको एकल बहुमत

बिर्तामोड । जिल्ला समन्वय समिति झापाको गठनका लागि नेकपा (एमाले) लाई स्पष्ट बहुमत आएको छ । स्थानीय तहका प्रमुख-अध्यक्ष र उपप्रमुख-उपाध्यक्षले मतदान गर्ने जिससका लागि जिल्लामा ३० मतदाता छन् । स्थानीय तहका निर्वाचित जनप्रतिनिधि उमेदवार हुने जिससका लागि एमालेले एकल बहुमत बनाएको हो ।

१५ मध्ये ६ वटा स्थानीय तहमा प्रमुख-उपप्रमुख-अध्यक्ष-उपाध्यक्ष, कनकाईमा मेयर र बुद्धशान्ति, कचनकवल, गौरीगञ्ज, कमलमा उपाध्यक्ष एमालेले जितेको छ । झापामा १६ मतदाता भएमा जिससका लागि एकल बहुमत पुग्छ ।

जिल्लामा एमालेबाट निर्वाचित अध्यक्ष-उपाध्यक्ष र प्रमुख-उपप्रमुखको संख्या १७ छन् । यसपालि एमालेले बिर्तामोड, अर्जुनधारा, बाह्रदशी, शिवसताक्षी, गौरादह, मेचीनगरमा प्रमुख-उपप्रमुख, कनकाईमा प्रमुख र बुद्धशान्ति, कचनकवल, गौरीगञ्ज, कमलमा उपाध्यक्ष जितेको छ । मेचीनगरको मतगणना अन्तिम चरणमा पुगेको छ । मेयर, उपमेयरमा एमालेका उम्मेद्वारको मतान्तर धेरै भएकाले उनीहरुको जीत निश्चित देखिएको छ ।

नेपाली कांग्रेसले गठबन्धनबाट झापा गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष जितेको छ भने बुद्धशान्ति, कचनकवल, कमल , गौरीगञ्जमा अध्यक्ष, भद्रपुरमा मेयरमा जीत हासिल गरेको छ । राप्रपाले हल्दिवारीमा अध्यक्ष, उपाध्यक्ष, दमकमा मेयर र भद्रपुरमा उपमेयर जितेको छ ।

जिल्लामा एमाले बाहेक सबै दलहको प्रमुख, उपप्रमुख र अध्यक्ष,उपाध्यक्षको संख्या १३ मात्रै पुगेको छ भने एमालेको संख्या १७ पुगिसकेको छ । यसअघि पनि झापामा नेकपा एमालेले एक्लै जिसस बनाएको थियो । जिससको प्रमुखका रुपमा सोमनाथ पोर्तेललाई पार्टीले जिम्मेवारी प्रदान गरेको थियो ।

जिसस प्रमुखका लागि कमल गाउँपालिकामा सदस्य उठेका बेनु शिवाकोटी पराजित भएपछि एमाले झापाले नयाँ व्यक्तिलाई प्रमुख बनाउन कसरत थालेको छ । प्रमुखमा बिर्तामोडकी शान्ता रोक्का र दमकका विश्व बराल चर्चामा रहेका छन् ।

प्रकाशित मिति : जेष्ठ ९, २०७९ सोमबार  ९ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]