बैशाख १५, २०८१ शनिबार

भद्रपुरको सात बुँदे निर्णय

भद्रपुर । भद्रपुर नगरपालिकाका मेयर गणेश पोखरेल र उपमेयर राधा कार्कीसहित नवनिर्वाचित जनप्रतिनिधिहरूले सोमबार पदभार ग्रहण गरेका छन् ।

पदभार ग्रहण गर्दै नवनिर्वाचित मेयर पोखरेलले पहिलो निर्णय नै सात बुँदे गरेका छन् । उनले नगरपालिकाको कार्यालयमा नागरिक सहायता कक्ष सञ्चालन गरी कार्यालयबाट सम्पादन भएका सेवा र कार्यहरूको सम्बन्धमा नागरिक एवम् सेवाग्राहीहरूबाट पृष्ठपोषण लिने प्रणालीलाई संस्थागत गर्ने, सरकारले पहिचान गरेका एक लाख रुपैयाँ सम्मको उपचार सहुलियत प्राप्त गर्ने गम्भीर प्रकृतिका रोगहरू लागेका बिरामीका लागि नगरपालिकाबाट हाल उपलब्ध गराउँदै आएको यातायात खर्च ५ हजार लाई दोब्बर गरी १० हजार उपलब्ध गराउने ।

क्रमशः सो रकम वृद्धि गर्दै ५० हजारसम्म पु¥याउने, नगर क्षेत्रभित्र बसोबास गर्ने सीमान्तकृत एवम् पिछडिएको सन्थाल समुदायको सम्पूर्ण परिवारलाई स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउन निःशुल्क स्वास्थ्य बिमाको सुविधा उपलब्ध गराउने, भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासको सन्दर्भमा राष्ट्रिय भूमि आयोगले सुरु गरेको कार्यक्रमबाट नगर क्षेत्रमा रहेका भूमि सम्बन्धी समस्या समाधान गरी भूमिहीन बसोबासीलाई यथाशीघ्र धनिपुर्जा उपलब्ध गराउने, बहुसंख्यक कृषकहरू रहेको यस नगरमा उनीहरूको आयआर्जनलाई टेवा पु¥याउन पशुपालक कृषकहरूको पशुधनको बिमा बापतको प्रिमियममध्ये सरकारबाट अनुदान पाउनेभन्दा माथिको बिमा प्रिमियम नगरपालिको व्यहोर्ने निर्णय गरेको छ ।

त्यस्तै नगरमा बहुजातीय, बहुभाषिक र बहु सांस्कृतिक रुपमा रहेको सहिष्णु समाज हो । समाजका यी विविधताहरूलाई सामूहिक पहिचान दिनका लागि यहाँका मूल आदिवासी राजवंशी र सन्थाल समुदायलाई विशेष प्राथमिकता दिई बहुजातीय आदिवासी सङ्ग्रहालय स्थापन गर्ने र नगरपालिकामा रहेका हलुका सवारीसाधन, मोटरसाइकल र अन्य सवारीसाधनहरूको प्रयोग, उपयोगिता र उपादेयता सम्बन्धमा अध्ययन गरी सवारीसाधन हुने अनुत्पादक खर्च कटौती गर्ने उद्देश्यले १५ दिनभित्र सुझाव पेस गर्नका लागि अधिकृत खेमराज प्रसाईँको संयोजकत्वमा लेखा अधिकृत सुभाष भट्टराई र अधिकृत गणेश श्रेष्ठ रहने गरी अध्ययन समिति गठन गर्ने निर्णय गरिएको छ ।

साथै सोमबार नै जनप्रतिनिधिहरूसँग कार्यालयका कर्मचारीसँग बसेको बैठकमा मेयर पोखरेलले आफूलाई सम्बोधन गर्दा मेयर साव नभन्नु सबैमा आग्रह गरेका छन् । मेयर सावले सकारात्मक भन्दा पनि नकारात्मक सन्देश जाने उनको भनाई छ ।

प्रकाशित मिति : जेष्ठ १०, २०७९ मंगलबार  ८ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]