बैशाख ७, २०८१ शुक्रबार

ओलीलाई ‘मै चुनाव हराउछु’ भन्ने भाष्करको श्रीमतिलाई ७ भोट

बिर्तामोड । नेकपा समाजवादीका नेता भाष्कर काफ्लेले निर्वाचनको पूर्वसन्ध्यामा केपी शर्मा ओलीलाई ‘ मै चुनाव हराइदिन्छु’ भन्दै व्यापक प्रचार गरेका थिए । एमाले छोडेर समाजवादीतिर लागेका काफ्ले झापा अर्जुनधारा निवासी हुन् । उनको सो घोषणालाई धेरै मिडियाले समेत समाचार बनाए ।

एमाले छोडेर नेकपा समाजवादीमा लागेका उनले एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई आउँदो संघीय निर्वाचनबाट हराइदिन्छु भनेपछि सबैले चासो दिए ।

स्थानीय तह निर्वाचनमा अर्जुनधारा नगरपालिकामा मेयरको उम्मेद्वारी दिने हल्ला चलाए पनि वडा नं. ७ मा श्रीमतिलाई वडाध्यक्षको टिकट दिलाए । काफ्लेले श्रीमति इन्दिरा दंगाललाई वडाध्यक्षको टिकट दिलाएर मेयरको आकांक्षा नै हापिदिए ।
केपी ओलीलाई हराइदिन्छु भन्ने व्यक्तिको श्रीमति नै उम्मेद्वार बनेपछि अन्य उम्मेद्वारहरुले चुनौतिको रुपमा लिएका थिए । तर, काफ्लेको श्रीमति इन्दिरा दंगालले जम्मा ७ मत प्राप्त गरेकी छन् ।

सो वडामा एमालेका गोविन्द प्रसाद खतिवडा निर्वाचित भएका छन् । उनले १३४२ मत प्राप्त गरेका थिए ।

काफ्लेले स्थानीय तहको निर्वाचनमा एमालेका कार्यकर्ताले गठबन्धनका उम्मेद्वारलाई भोट दिने र एमाले पत्तासाफ हुने बताएका थिए । झापाको निर्वाचन परिणामले जिल्लामा नेकपा समाजवादी नै पत्तासाफ भएको छ ।

प्रकाशित मिति : जेष्ठ १०, २०७९ मंगलबार  ६ : ४० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]