जेष्ठ ७, २०८१ सोमबार

दुबई विकास प्राधिकरणका निर्देशक र प्रसाईबीच भेटवार्ता

बिर्तामोड । नेकपा एमालेका केन्द्रीय सदस्य तथा झापाको बिएन्डसी हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाई र संयुक्त अरव इमिरेट्स दुबई विकास प्राधिकरणका कार्यकारी निर्देशक खालिफ शेखर महम्मदबीच भेटवार्ता भएको छ ।

गत शनिवार दुवई पुगेका प्रसाईले बुधबार दुबई विकास प्राधिकरणको औपचारिक भ्रमणको क्रममा प्राधिकरणका कार्यकारी निर्देशक महम्मदसँग भेट गरेका हुन् ।

उक्त भेटमा नेपालको जडिबुटीलाई दुबईको बजारमा प्रवद्र्धन गर्ने, नेपालको कृषि उपज तथा हिमालको पानी मिनरल वाटरको रुपमा बार्षिक २ खर्ब सम्मको पानी निर्यात गर्ने लगायतका बिषयमा छलफल भएको छ । भेटमा दुबई विकास प्राधिकरणका कार्यकारी निर्देशक महम्मदले जडिबुटीलाई दुबईको बजारमा प्रवद्र्धनका लागि आफ्नो सरकारले सहयोग गर्ने पनि प्रतिवद्धता जनाए । यस्तै नेपालको स्वास्थ र शिक्षाको विकासमा काम गर्ने बारे पनि छलफल भएको छ ।

यसअघि प्रसाईले दुवईका अधिराजकुमार मोहम्मद बिन जुमा अल मकतुमलाई भेट गरेका थिए । प्रसाई र राजकुमार मोहम्मदबीच शिक्षा र स्वास्थ्यका क्षेत्रमा सहकार्य गर्ने बिषयमा कुराकानी भएको थियो । प्रसाई ५ दिने भ्रमणको लागि दुवई पुगेका छन् ।

प्रकाशित मिति : जेष्ठ ११, २०७९ बुधबार  ८ : २६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]