ह्वील चियर प्रदान गर्दै वडा प्रवेश
बिर्तामोड । बिर्तामोडका विवेककेशरी प्रसाईले वडा नं. ५ लाई जमिन प्रदान गर्ने भएका छन् । छोरी अपेक्षा प्रसाईको नाममा रहेको कित्ता नं. २०२ को जमिन निःशुल्क उपलब्ध गराउने निवेदन सहर्ष स्वीकार गर्दै नगरपालिकाको नाममा जग्गा प्राप्तिका लागि वडाले अनुरोध गर्ने निर्णय गरेको छ । प्राप्त भएको जग्गामा वडा कार्यालय भवन निर्माण गर्ने योजना रहेको वडाध्यक्ष रोहित प्रसाईँले जानकारी दिए ।
यस्तै, नवनिर्वाचित अध्यक्ष रोहित प्रसाईले सामाजिक सेवाबाट पदभार ग्रहण गरेका छन् । वडा कार्यालय प्रवेश गर्नुअघि वडाध्यक्ष प्रसाईले शारीरिक अपाङ्गता भई हिडडुल गर्न समस्या झेलिरहेका दुई जनालाई ह्वील चियर प्रदान गर्दै गरी वडा कार्यालयमा प्रवेश गरेका हुन् ।

प्रसाईले आफ्नै वडामा शारीरिक अपाङ्गता भई हिड्नै नसक्ने अवस्थाका रेवत कुँवर र वडा नं.–४ का देवीकुमार थापालाई ह्वील चियरमा बसाएर माला तथा नगदसहित प्रदान गरेका थिए ।
वडाध्यक्षसहित वडासमितिलाई निवर्तमान वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन तथा निवर्तमान वडासदस्यहरुसहितको टोलीले पदभार ग्रहण गराएको हो ।
त्यस्तै वडाभित्र रहेका अतिविपन्न परिवारको पहिचान गरी निःशुल्क स्वास्थ्य बीमाको कार्य अघि बढाउने, भवन निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराउने विवेककेशरीलाई कृतज्ञता व्यक्त गर्नुका साथै जनप्रतिनिधीलाई निर्वाचित गराउने सबै वडाबासीलाई धन्यवादसहित आभार व्यक्त गरेको छ ।
बिर्तामोड – ५ मा वडाध्यक्ष प्रसाईसहित ओमभक्त सेढाई, दुर्गाप्रसाद शिवाकोटी, शान्ता रोक्का र मालती विश्वकर्मा निर्वाचित भएका छन् ।