बैशाख १५, २०८१ शनिबार

मेचीका जनप्रतिनिधिले पाए प्रमाणपत्र, आज सपथ

मेचीनगर । निर्वाचन अधिकृतको कार्यालय मेचीनगरले नगरपालिकामा स्थानीय तहको चुनावबाट निर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाण पत्र वितरण गरेको छ ।

बुधबार निर्वाचन कार्यालयले मेचीनगर नगरपालिकाको सभा हलमा एक कार्यक्रमको आयोजना गरेर गत बैशाख ३० गते सम्पन्न चुनावबाट निर्वाचित ७७ जना जनप्रतिनिधिहरुलाई प्रमाण पत्र वितरण गरेको हो ।

निर्वाचन अधिकृत वेदराज फुयलले नवनिर्वाचित मेयर, उपमेयर, १५ वटै वडाका वडाध्यक्ष र वडा सदस्यहरुलाई प्रमाण पत्र दिएका छन् ।

कार्यक्रममा नवनिर्वाचित मेयर गोपाल चन्द्र बुढाथोकी, उपमेयर मिना पोखरेल उप्रेती, निर्वाचन अधिकृत फुयलले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन सहायक निर्वाचन अधिकृत रेवन्त भट्टराईले गरेका थिए । कार्यक्रममा निर्वाचन कार्यालयले इलाका प्रहरी कार्यालय काँकरभिट्टा डिएसपी ज्ञानकुमार महतो, धुलाबारी प्रहरी प्रमुख अनिल मावोहाङलाई सम्मान गरेको थियो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश दाहालले विहीबार दिउसो १ वजे जनप्रतिनिधिहरुको सफत ग्रहण कार्यक्रम रहेको जानकारी दिए ।

मेयर बुढाथोकीले भद्रपुर स्थित मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमबाट सफत लिने छन् । बुढाथोकीले सफत लिएपछि उनले उपमेयर, वडाध्यक्ष र वडा सदस्यहरुलाई सफत खुवाउने दाहालले बताए ।

प्रकाशित मिति : जेष्ठ १२, २०७९ बिहीबार  ९ : २२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]