चैत्र १६, २०८० शुक्रबार

शिवसताक्षीको पहिलो निर्णय नै दमकल खरिद

सरोज भट्टराई
शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा नवनिर्वाचित नगरप्रमुख तथा उपप्रमुखले पदभार ग्रहण गरेका छन् ।
बिहीवार शिवसताक्षी नगरपालिकाको कार्यकक्षमा नगरपालिकाका नगर प्रमुख मेघहाङ्ग थोप्रा (रोसन) र उपप्रमुख नरमाया कार्कीलाई प्रमुख प्रशासकीय अधिकृत प्रकाश चौधरीले पदभार ग्रहण गराएका हुन् ।

पदभार ग्रहण गर्दै नगरप्रमुख थोप्राले शिवसताक्षीको आवश्यकता र नगरबासीको चहाना अनुसार यसै आर्थिक वर्षभित्र सेवा दिन दमकल खरिदको निर्णय गरे । त्यस्तै शिवसताक्षी नगरपालिका सवै नवनिर्वाचित वडाध्यक्ष र सदस्यहरुलाई सपथ ग्रहण गराइएको थियो ।

कार्यक्रममा नगरप्रमुख मेघहाङ्ग थोप्राले वडाध्यक्षहरुलाई सकेसम्म बिहविार नै वडामा पदभार ग्रहण गरी जनताको काम लाग्न आग्रह गरेका थिए । नगर तथा वडामा आउने कामहरुमा नगरबासीलाई सर्वसुभल हुने कामहरु गर्न सम्पूर्ण कर्मचारीहरुलाई सुझाव दिए ।

नगरका खोलानालामा तटबन्धनमाका समस्या, कृषकलाई मलको समस्या, खानेपानीको समस्याहरुलाई सम्बोधन गर्न लागीपर्ने उनको भनाई थियो । नगरमा रहेका विद्यालयहरुको भौतिक अवस्थामा सुधार भएपछि शिक्षाको गुणस्तरका लागि शिक्षकहरुलाई विभिन्न तालिमहरु दिई गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता जनाए । उनले सबै वडाध्यक्षहरुलाई शासक होइन सेवक भएर काम गर्न आग्रह गरे ।

कार्यक्रममा शिवसताक्षी नगरपालिका निर्वाचन अधिकृत मधु पोख्रेलले निर्वाचित जनप्रतिनिधिहरुलाई शुभकामना दिदैं, ऐन कानूनको परिधिभित्र रहेर कार्य सम्पादन गर्न सुझाब दिए ।

कार्यक्रममा शिवसताक्षी नगरपालिकाका निवर्तमान नगरप्रमुख चन्द्रकुमार शेर्मा, नगर उपप्रमुख भोजकुमारी नेपाल, नेकपा एमालेका प्रदेश कमिटी सचिवालय सदस्य राजिव घिमिरे, नेपाली कांग्रेसका नगर सभापति अशोक बस्नेत, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष महेन्द्र भट्टराई, जनता समाजबादीका नगर सचिव पवन चाम्लिङ्गलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको स्वागत प्रमुख प्रशाकीय अधिकृत प्रकाश चौधरीले गरेका थिए भने सञ्चालन प्रशासन प्रमुख डिल्ली नेपालले गरेका थिए ।

प्रकाशित मिति : जेष्ठ १२, २०७९ बिहीबार  ७ : ४० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]