बैशाख १४, २०८१ शुक्रबार

संगम एफसी बिजयी

मेचीनगर । काँकरभिट्टामा जारी प्रथम केएफटिसी सिटी लिग यु–१४ फुटबल प्रतियोगितामा संगम एफसी विजयी भएको छ ।
काँकरभिट्टा माविको खेल मैदानमा आइतबार भएको खेलमा राइजिङ एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै संगमले लिगमा विजयी सुरूवात गरेको हो । संगमको तर्फबाट खेलको ५० औ मिनेटमा ओसविन मगरले गोल गरे । उनले गरेको गोल नै टिमको जितका लागि काफी रह्यो ।

अत्यन्तै रोमाञ्चक बनेको खेलमा दुवै टिमले पाएका थुप्रै अवसरहरू सदुपयोग गर्न सकेका थिएनन् । खेलको म्यान अफ द म्याच विजेता टिमका ओसविन मगर घोषित भए उनले नगद पाँच सय प्राप्त गरे । त्यस्तै इमर्जीगं प्लेयरका रुपमा संगम क्लबकै आश्रय भट्टराई घोषित भए उनले ५ सय रुपैयाँ मुल्य बराबरको गिफ्ट हेम्पर प्राप्त गरे ।

काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको सोमवारको पहिलो खेल दिनको ३ः३० बजे ह्याप्पी क्लब र राइजिङ ब्वाइज त्यस्तै ४ः३० बजे संगम फुटबल क्लब र क्लासिक वारियर्स बिच हुने छ । प्रतियोगिता विजेताले ५० हजार रुपैयाँ नगद प्राप्त गर्नुका साथै उपविजेताले ३० हजार र ट्रफी प्राप्त गर्ने क्लबका अध्यक्ष मिनबहादुर बस्नेतले बताए । प्रतियोगिता जेठ २८ गतेसम्म सञ्चालन हुने छ ।

प्रकाशित मिति : जेष्ठ १५, २०७९ आईतबार  ८ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]