जहाज चार हजार मिटरमाथि डाँडामा ठोक्किएको हुनसक्छ : वडाध्यक्ष
काठमाडौं- आइतबार बिहानदेखि हराइरहेको तारा एयरको जहाज केहीबेर अघि दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । नेपाली सेना,प्रहरी र स्थानीयवासीले हिजो देखि खोज्दा नभेटेको जहाज यार्चा टिप्न गएका गाउँलेहरुले देखेको मुस्ताङको थुसाङ २का वडाअध्यक्ष गौतम शरचनले जानकारी दिनुभयो ।
शेरचनका अनुसार यार्चा टिप्न जाने गाउँलेहरुले जहाजलाई दुर्घटनाग्रस्त अवस्थामा देखेपछि गाउँमा खबर गरेका हुन् ।
जहाज चार हजार मिटर माथि डाँडामा ठोक्किएको अनुमान गरिएको छ । दुर्घटना भएको ठाउँ गाउँभन्दा धेरै माथी पर्दछ । करिब ४ हजार मिटर उचाइमा जहाज ठोक्किएको हुनसक्ने अनुमान गरिएको छ ।