जहाज १४ हजार ५०० फिटको उचाइमा दुर्घटनामा पर्यो : तारा एयर
काठमाडौं । तारा एयरले आइतबारदेखि बेपत्ता जना १४ हजार ५०० मिटर माथि दुर्घटनामा परेको जनाएको छ ।
तारा एयरले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “मिति २०७९ जेठ १५ तदअनुसार २९ मे २०२२ आइतबार बिहान पोखराबाट जोमसोमतर्फ ९ः५५ बजे उडेको तारा एयरको ९ एन–एईटी, डीएचसी–६ ट्विनअटर वायुयान मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका वडा नम्बर २ को सानुसरे भीरमा १४,५०० फिटको उचाईमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी गराउँदा स्तब्ध छौँ ।”

विज्ञप्तिमा वायुयान अन्तिमपटक जोमसोम टावरसँग आइतबार बिहान १० बजेर ७ मिनेट जाँदा घोडेपानीबाट सम्पर्कमा आएपछि सम्पर्कविहीन भएको थियो ।
प्रतिकूल मौसम तथा जटिल भूगोलका बाबजुद पनि नेपाल नागरिक उड्ययन प्राधिकरण, खोज तथा उद्धार समन्वय केन्द्रमार्फत आज बिहानैदेखि हवाई तथा स्थलमार्गबाट खोजी गर्दा दुर्घटनास्थल फेला परेको र हाल उद्धार भइरहेको पनि जनाइएको छ ।