बैशाख १३, २०८१ बिहीबार

जिसस झापाको प्रमुखमा तीन जनाको चर्चा, धिमालको संभावना बलियो

बिर्तामोड । कार्यपालिकाको निर्वाचनपछि झापामा जिल्ला समन्यवय समितिको निर्वाचन तयारी थालिएको छ । स्थानीय तहहरुको कार्यपालिकाको गठन पश्चात १५ भित्र जिससको निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था अनुसार आवश्यक तयारी थालिएको छ ।

१५ स्थानीय तहको निर्वाचनपछि धमाधम कार्यपालिकाको निर्वाचन भइरहेको छ । दलहरुले कतिपय पालिकामा सहमतिमा कार्यपालिका सदस्य मनोनित गर्दै आएका छन् । कार्यपालिकाको अन्तिम निर्वाचन शिवसताक्षीले २३ गते सम्पन्न गर्ने जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले जानकारी दिए । उनका अनुसार सो समयदेखि १५ दिनभित्र जिसस बन्ने छ ।

झापाको जिससका लागि प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्ष मतदाता हुनेछन् । जिसस झापाका लागि १६ जना संख्या पु¥याउनेको बहुमत हुनेछ । झापामा एमालेको एक्लै १७ छ । एमाले १७, कांग्रेस ९, राप्रपा ४ छ । एमालेको एकल बहुमत भएकाले जिल्लामा एमालेले फेरि आफ्नै नेतृत्वमा जिसस बनाउने निश्चित भएको देखिन्छ ।

एमालेबाट जिससको दौडमा पार्टीका प्रदेश कमिटी सदस्य लोकबहादुर धिमाल, शान्ता रोक्का र विश्व बराल रहेका छन् । यसअघि युवा नेता टिकाराम मंग्राती समेत इच्छुक थिए । उनले नेताहरुको सूझावका आधारमा जिसस नजाने निर्णय लिएको जानकारी दिए ।

धिमाल ०५४ को निर्वाचनमा दमक नगरपालिकाको उपमेयर निर्वाचित भएका थिए । उनलाई कार्यपालिका सदस्यमा मनोनित गरिएको छ । यस्तै, रोक्का र बराल वडा सदस्यमा निर्वाचित भएका छन् । बराल दमक र रोक्का बिर्तामोडमा वडा सदस्य निर्वाचित भएका हुन् ।

नेकपा एमालेले यसअघि पार्टीका प्रदेश कमिटी सदस्य सोमनाथ पोर्तेललाई जिसस प्रमुख बनाएको थियो । एमाले झापाका सचिव शिव ढुङ्गेल भन्छन्, – पालिकाको प्रमुख,उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र जिसस बनाउने विषयमा जाति समुदाय पनि ख्याल गर्नुपर्ने हुन्छ । त्यसैले अहिले नै को बन्छ भन्न सकिदैन, तर एमालेले सबै समुदायलाई सम्मानका साथ अवसर प्रदान गर्नेछ । पार्टीको २२-२५ तिर बस्ने जिल्ला कमिटी बैठकले जिससको नेतृत्वका बारेमा धारणा बनाउने ढुङ्गेलको भनाई छ ।
यसअघि दलित समुदायबाट जिसस प्रमुख बनाइएको थियो, आउँदो कार्यकालका लागि अल्पसंख्यक समुदायलाई समेट्न सकिने पार्टीभित्र चर्चा छ ।

प्रकाशित मिति : जेष्ठ १६, २०७९ सोमबार  १० : ४२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]