बैशाख २१, २०८१ शुक्रबार

स्थानीय तहमा पारदर्शीको खाँचो

सम्पादकीय
काठमाडौं महानगरका नवनिर्वाचित मेयर बालेन शाहले सोमवार सपथग्रहण गरे । उनी सपथ ग्रहण गरेको केहि बेरमा पदबहाली भए । काठमाडौंले एउटा युवालाई मेयरको रुपमा निर्वाचित गरेको छ । स्वतन्त्र उम्मेद्वारी दिएका उनले मुलुकका हस्ती मानिएका व्यक्तिहरुलाई पराजित गरे । जनताका लागि बालेन अन्तिम विकल्प पनि होइनन् । उनले गर्ने कामका आधारमा मतदाताले पाँच वर्षपछि अर्को बालेन पनि खोज्न सक्नेछन् । यसैले सबैभन्दा महत्वपूर्ण काम भनेकै जनताको जीवनमा परिवर्तन ल्याउने हो । विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धीहरुको अनुभूति हो । यसैले बालेन सबैको लागि सिकाई बन्न सक्नुपर्छ ।

सपथपछि बसेको पहिलो कार्यपालिका बैठकलाई प्रत्यक्ष प्रशारण गरियो । यो एउटा महत्वपूर्ण काम हो । यसलाई सामान्य मात्रै लिन सकिदैन । हुनत,गोपनीयताको सपथ खाएका उनीहरुले जनताको कामका लागि गर्ने बैठकलाई बन्द कोठामा गर्नैपर्छ भन्ने छैन । यसलाई व्यवस्थित हिसावले सञ्चालन गरिनुपर्छ । जनताको सेवाका लागि निर्वाचित जनप्रतिनिधिहरुको क्षमता समेत प्रत्यक्ष हेर्न पाइने व्यवस्थाले नागरिकको सूचनाको हकलाई सुनिश्चित पनि गरेको छ । यसैले बैठकलाई प्रत्यक्ष प्रशारण गरिएको विषयमा गौरव गर्नैपर्छ ।

स्थानीय तहहरुमा हुने कतिपय निर्णय निर्वाचित जनप्रतिनिधिहरुलाई पनि थाहा दिइदैन । शक्तिमा भएको व्यक्तिले आफ्नो पक्षमा गर्ने सबै कामलाई गुपचुप बनाइरहेको हुन्छ । जनता केन्द्रीत भन्दा पनि व्यक्ति केन्द्रीत कार्यक्रमका कारण स्थानीय तहले उल्लेख्य काम गर्न सकिरहेका हुदैनन् । अब, काठमाडौंले प्रत्यक्ष प्रशारण गरेर बैठक आयोजना गर्दा जो कोहि कार्यपालिका सदस्यले राम्रा कार्यक्रमको विरोध र नराम्रा कार्यक्रमको पक्षपोषण गर्नसक्दैन । त्यसका बारेमा आम नागरिकले निगरानी गरिरहेको हुन्छ । गलत गर्नेसँग फेरि नागरिकले हिसाव राख्ने नै छन् । यस प्रकारका राम्रा कामहरु अन्य पालिकाका जनप्रतिनिधिहरुले पनि सिक्न आवश्यक छ ।

प्रकाशित मिति : जेष्ठ १७, २०७९ मंगलबार  ७ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]