एनसेल सेन्टर बिर्तामोडमा टाँगियो बोर्ड, विधार्थीले लेखे ‘एनसेल कर कहिले तिर्ने ?’

बिर्तामोड । अनेरास्ववियु क्रान्तिकारी झापाले बिर्तामोडस्थित एनसेल सेन्टरमा कर तिर्न दवाव दिदैं कार्यलय अगाडि बोर्ड राखेको छ ।
सरकारले एनसेललाई कर तिर्न भनेपनि एनसेलले अटेर गरिरहेको बेला अनेरास्ववियु क्रान्तिकारी झापाका विधार्थीले सरकार एनसेलसँग कर असुली कहिले ? एनसेल कर कहिले तिर्ने ? लेखिएको बोर्ड राखिएको छ ।
आज विहान जिल्ला अध्यक्ष अनिल सुवेदी सहितको विधार्थी टोलीले बोर्ड राखेर एनसेललाई कर तिर्न दवाव दिएको बताइएको छ । जिल्ला अध्यक्ष सुवेदीका अनुसार एनसेलले कर तिर्न आलटाल गर्नुहुदैन ।

प्रतिक्रिया दिनुहोस्

इजलास डट.कम

बिर्तामोड,झापा
सूचना तथा प्रशारण विभाग दर्ता नं.
टाइम्स मिडिया नेटवर्क प्रा लि