बैशाख २०, २०८१ बिहीबार

बेस्याहार महेन्द्र पार्क

सम्पादकीय
झापाको भद्रपुरमा अवस्थित महेन्द्र पार्कमा महेन्द्रको शालिक राख्ने विषयले चर्चा पाइरहेको छ । स्थानीय तह निर्वाचन सम्पन्न भएपछि स्वतन्त्र युवाको नाममा पार्कभित्र शालिक राख्ने विषय बहसको विषय बन्यो । एकातिर प्रशासन, अर्कातिर स्थानीय सरकार छ । मध्यभागमा रहेको स्वतन्त्र भनिएका युवाहरु शालिक राखेरै छोड्ने अडानमा छन् । युवाहरुको जवरजस्तले शनिवार सामान्य तनाव नै सिर्जना भयो । युवाहरुको काममा अवरोध गरेको भन्दै प्रहरीसँग घम्साघम्सी पनि भयो ।

महेन्द्र पार्क वर्षौदेखि बेसहारा छ । गणतन्त्रपछि ऐतिहासिक पार्कहरु विल्लिवाठ नै छन् । यसअघिको स्थनीय तहले महेन्द्र पार्कलाई टुहुरो जस्तै बनायो । पाँच वर्षसम्म भद्रपुर नगरपालिकाले वेवास्था नै गरेको हो । जीवन श्रेष्ठ मेयर भएको कार्यकालमा महेन्द्र पार्कले सो क्षेत्रमा मुख्य पर्यटकीय स्थलको पहिचान बनाउन सक्नु पर्ने थियो । त्यहि धुलोमा हुर्किएका श्रेष्ठलाई पार्क सिंघार्ने भन्दा पनि आफैलाई सिंघार्ने हुटहुटी धेरै थियो । यदि पार्क सबैका सामु आकर्षण योग्य बनेको थियो भने अहिले कसैले पनि हात लगाउने हिम्मत गर्दैन थिए ।

बिर्तामोडमा एक समय सरसफाई अभियान सञ्चालन हुन्थ्यो । अहिले निजी क्षेत्रबाट सरसफाईको काम भइरहेको छ । त्यो बेला युवाहरु राजनीतिक फाइदाका लागि सरसफाई अभियानमा सरिक हुने गर्थे । एकाध, युवा बाहेक सबैजसो राजनीति मै छन् । महेन्द्र पार्कमा पनि स्वतन्त्र भनिएका युवा थोरबहुत आस्था राख्ने नै हुनुपर्छ । राप्रपाले मिठो काँध हाल्नु र युवाहरु कुचो बोक्ने नाउमा शालिक नै जोड्ने ठाउँमा पुग्नु सामान्य विषय मात्र होइन । शालिक राख्ने वा नराख्ने भन्ने बारे सौहार्दपूर्ण निर्णय गर्न सकिन्छ । त्यो साझा विषय नै हो । झापामा राजावादीको सक्रियता र यस प्रकारको गतिविधिले गणतन्त्रबादीहरुका लागि खतराको घण्टी बज्दैछ । बेलेमा होसियारी अपनाउन आवश्यक छ । बेलैमा वास्ता नगर्ने अहिले धेरै वास्ता गर्ने कुराले समस्या सिर्जना भएको हो ।

प्रकाशित मिति : जेष्ठ २३, २०७९ सोमबार  ७ : ३० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]