बैशाख २२, २०८१ शनिबार

शिक्षामा बजेट दोब्बर विनियोजन गर्छु : थोप्रा

शिवसताक्षी । शिवसताक्षीमा रहेका सामुदायिक र निजी विद्यालयहरुमा एकरुपता ल्याउन व्यापक सुधार गर्नुपर्ने शिवसताक्षीका नगरप्रमुख मेगाहाङ्ग थोप्रा (रोसन)ले बताएका छन् ।

शिवसताक्षी दूधेमा नेपाल शिक्षक महासंघले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिसँग परिचय तथा बधाई कार्यक्रममा बोल्दै नगरप्रमुख थोप्राले सरकारले तोकिएको दुई दिन विदालाई निजी विद्यालयहरुले लागु नगरेको बताए । उनले शिवसताक्षीमा सामुदायिक विद्यालयहरुको भौतिक निर्माणको काम भएता पनि भित्री रुपमा विद्यार्थीहरुको पढ्ने कक्षा कोठा लगायत अन्य शैक्षिक सामाग्रीहरुको अभाव भएकाले त्यसलाई पनि सुधार गर्नु पर्नेमा जोड दिए ।

आफुले शिक्षाको विकासलाई पहिलो प्राथमिकतामा राखेको बताउँदै, उनले भने, तपाईहरु ढुक्क हुनुहोस् शिक्षामा सधैको भन्दा बढेर वजेट विनियोजन हुन्छ । शिवसताक्षीमा कम विद्यार्थी भएका विद्यालयहरुलाई अर्को विद्यालयसँग मर्च गर्न सकिने समेत उनको भनाई थियो ।
उनले ठट्यौली पारामा भने, वडाध्यक्ष ज्यूहरु पनि यही हुनुहुन्छ, शिक्षा क्षेत्रमा व्यापक सुधार गर्नु पर्नेछ । त्यसका लागि बजेट पास गर्न नरोकिदिनु होला ।

कार्यक्रमा नेपाल शिक्षक महासंघ शिवसताक्षीका अध्यक्ष बेनुप्रसाद कार्कीले शिक्षक र शिक्षा क्षेत्रका समस्याहरुका बारेमा जानकारी गराएका थिए । नगरले बजेट बनाउँदा शिक्षालाई प्राथकिता राखेर बजेट निर्माण गर्न उनको भनाई थियो । सामुदायिक र निजी विद्यालयहरुलाई एकरुपता ल्याउन सरकार तोकेको मापदण्ड भित्र निजी विद्यालयहरु पनि आउनु पर्नेमा उनको जोड थियो ।

कार्यक्रममा शिवसताक्षी नगरपालिकाकी उपमेयर नरमाया कार्की, वडा नं. ४ अध्यक्ष विष्णु प्रसाई, वडा नं. ८ अध्यक्ष सन्त फेवदिनलगायतले आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा नेपाल शिक्षक महासंघमा आवद्ध शिक्षकहरुले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए ।

प्रकाशित मिति : जेष्ठ २३, २०७९ सोमबार  ७ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]