बैशाख ११, २०८१ मंगलबार

नेता कार्कीको संयोजकत्वमा प्रदेशको नाममा सहमति जुटाउन समिति

विराटनगर । पटक–पटक प्रयास भए पनि नाममा सहमती नजुटेको एक नंम्बर प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो पार्टी भित्र नाममा सहमती कायम गरेर अरु पार्टीलाई सहमति गराउने प्रयास थालेको छ ।

बिहीवार बसेको प्रदेश संसदीय दलको बैठकले पार्टीका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री हिक्मत कार्कीको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाएर नाममा सहमती जुटाउने प्रयास थालेको हो ।

दलका नेता भीम आचार्यले कार्की संयोजक रहेको पाँच सदस्यीय समितीको प्रस्ताव गरेका थिए । समितिका अरु सदस्यमा केन्द्रीय सदस्य एवं प्रदेशसभासद्धहरु जीवन घिमिरे,उषाकला राई,जगदिश प्रसाद कुसियत र अनुशासन आयोग अर्जुन राई रहेका छन् ।

समितिका सदस्य जीवन घिमिरेका अनुसार चालु संसदको अधिवेशनबाटै नामको टुंगो लाउने गरी समितिले काम गर्नेछ । जसका लागि आजैबाट काम थाल्ने घिमिरेले बताए । ‘विहान हामी एमालेको बैठक बस्छौं । त्यहाँ एउटा धारणा बनाउछौं । अपरान्ह सर्वदलीय बैठक बोलाउछौं’ घिमिरेले भने, ‘सबैबाट साझा प्रस्ताव आए सहमति भइहाल्यो नभए आएका प्रस्तावलाई टेवल गरेर मतदानको माध्यमबाट यसै अधिवेशनमा नामको टुंगो लगाउछौं । त्यो कामको नेतृत्व एमालेले गर्छ ।’

प्रकाशित मिति : जेष्ठ २७, २०७९ शुक्रबार  ६ : २१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]