जेष्ठ ४, २०८१ शुक्रबार

वाणिज्य संघहरुलाई बेकामे नबनाऊ

सम्पादकीय
झापाको कनकाई उधोग वाणिज्य संघमा लामो विवादपछि सपथग्रण भएको छ । निर्वाचन समितिले विधान बमोजिम काम गर्न नपाएपछि राजीनामा नै बुझाए । शुरुआतदेखि विवाद गर्दै आएको वाणिज्य संघमा राजनीतिक दलहरु बिच सहमतिमा नेतृत्व चयन गरिएको थियो । उधोग वाणिज्य संघ भनेको व्यवसायीको समस्या समाधान गर्ने मुख्य संस्था हो । अन्य सरोकारवाला निकायभन्दा जिम्मेवार संस्थाको रुपमा वाणिज्य संघ मुख्य भूमिकामा रहेको बुझाई छ । तर, झापामा अधिकांश संघका शाखाहरु बेकामे भइरहेका छन् । जिल्लाका मुख्य बजारहरुमा वाणिज्य संघहरु स्थापना भएका छन् । संघ भएपनि कुनै रचनात्मक कार्यक्रम छैन ।

व्यवसायी कै प्रतिनिधिहरु निर्वाचित भएको संस्था बेकामे हुनु दुखद् हो । यसले व्यवसायीहरुको चौतफी विकास र बजार क्षेत्रको उन्नयनमा विशेष भूमिका निर्वाह गर्नुपर्छ । जिल्लाको मुख्म बजारमा रहेको बिर्तामोड उधोग वाणिज्य संघ सरकारी कर्मचारीको स्वागत र विदाई कै व्यवस्त छ । व्यवसायीको समस्या समाधानमा कुनै भूमिका देखिएको छैन । बजारमा बढिरहेको असुरक्षाका बारेमा पनि वाणिज्य संघ बोल्न सकेको छैन । अर्जुनधाराका अगुवा पत्रकार एवम् लेखक कुमार भट्टराईले अर्जुनधारा उद्योग बाणिज्य संघलाई तत्काल जीवन्त तुल्याउन आव्हान नै गरेका छन् ।

समाजमा नेतृत्व गरिरहेका वर्गहरुबाट संघलाई निर्जिव बनाइएको उनको आरोप सामाजिक सञ्जालमा राखेका छन् । अध्यक्ष बसन्त सोमानी, उपाध्यक्ष चतुर्भुज काफ्ले, देविका बुढाथोकी, सचिव इन्दिवर खड्का लगायत समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई तुरुन्त साधारण सभा राखी संस्थालाई जीवन्त तुल्याउन अनुरोध गरिएको छ । बजार र व्यापारीको हितका लागि नगरपालिकासँग समन्वय गर्न यो संस्थाको बडो महत्व हुने उल्लेख गरिएको छ । आफूले नेतृत्व गरेको संस्थालाई मृत्युतुल्य बनाएर राख्नु राम्रो हुन्न । तुरुन्त यो संस्था तपाईहरु मार्फत ब्युँतिन नसक्ने हो भने व्यापारीहरुको आमभेलाबाट पूरानो कार्यसमितिलाई अभियोग लगाई संस्थाबाट तिरस्कार गर्ने र नयाँ कार्यसमिति चयन गरी संस्थालाई जीवन्त बनाउने सम्पूर्ण व्यापारीहरुको योजना रहेको भट्टराईले लेखेका छन् । जिल्लाका सबैजसो क्षेत्रका वाणिज्य संघको यहि हविगत भएको हुँदा संस्थाको सामाजिक भूमिका निर्वाह गर्न आवश्यक छ । यदि जिम्मेवार संस्थाको भूमिका निर्वाह गर्न नसके राजीनामा दिएर काम गर्नेहरुलाई नेतृत्व हस्तान्तरण गर्न छुट छ ।

प्रकाशित मिति : जेष्ठ २९, २०७९ आईतबार  ६ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]