बैशाख १३, २०८१ बिहीबार

ह्याप्पी क्लब केएफटिसी सिटी लिगको उपाधि

मेचीनगर। झापाको मेचीनगरमा जारी प्रथम केएफटिसी सिटी लिग यु–१४ फुटबल प्रतियोगिताको उपाधि ह्याप्पी क्लबले जितेको छ ।

काँकरभिट्टा माविको खेल मैदानमा सम्पन्न फाइनल खेलमा संगम फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै ह्याप्पीले उपाधि चुमेको हो । उपाधिसंगै ह्याप्पीले नगद ५० हजारसहित ट्रफि प्राप्त गर्यो । उपविजेत बनेको संगमले ३० हजारसहित ट्रफिमा चित्त बुझायो ।

अत्यन्तै रोमाञ्चक बनेको फाइनल खेलमा ह्याप्पीका देवशिस श्रेष्ठले खेलको ४२ औं मिनेटमा गरेको गोल नै जितको लागि काफि भयो । खेलमा उत्कृष्ट प्रदर्शनी गर्दै एक गोल गर्न सफल ह्याप्पीका देवशिस श्रेष्ठ म्यान अफ द म्याच घोषित । त्यस्तै उदयमान खेलाडीको रुपमा ह्याप्पीकै युगल श्रेष्ठ घोषित भए । उनीहरूले नगदसहित गिफ्ट हेम्पर प्राप्त गरे ।

जेठ १४ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको उदयमान खेलाडीको रुपमा संगम फुटबल क्लबका प्रनिश उप्रेती घोषित भए । संगमकै विवेश खत्री उत्कृष्ट गोल किपर घोषित हुँदा रिकेश घिमिरे उत्कृष्ट डिफेन्स घोषित भए । उनीहरुले ३ हजार एक सय प्राप्त गरे । ह्याप्पीका देवशिस श्रेष्ठ उत्कृष्ट फरर्वाड घोषित हुँदा क्लासिक वारियर्सका प्रनिश राई उत्कृष्ट मिडफिल्डर घोषित भए । उनीहरुले समान ३ हजार एक सय प्राप्त गरे ।

त्यस्तै ह्याप्पीका राज दर्जी उत्कृष्ट खेलाडी घोषिद भई ५ हजार एक सय प्राप्त गर्दा ह्याप्पीकै आदित्य ढुङ्गेल सर्वाधिक गोलकर्ता बने । उनले ४ हजार एक सय प्राप्त गरे । यता उत्कृष्ट मार्की खेलाडी घोषित हुँदै क्लासिकका सुजन बेस्राले एक थान ग्यारवाला साईकल प्राप्त गरे । त्यस्तै उत्कृष्ट पशिक्षकको रुपमा विजेता टिमका दिपक कार्की घोषित भए उनले ३ हजार एक सय प्राप्त गरे ।

समापन समारोहका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, विशिष्ठ अतिथि उपप्रमुख मीना पोखरेल उप्रेती, मेचीनगर ६ का वडाध्यक्ष ललितबहादुर तामाङलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा बोल्दै अतिथिहरुले स्वास्थ्यका लागि खेलकुद अपरिहार्य रहेको बताउँदै सबैले स्वास्थ्य रहन विभिन्न खेल खेल्नुपर्ने बताए । साथै उनीहरुले नेपाललाई विश्वसामु चिनाउने माध्यम पनि खेल भएकाले सबैले खेल र खेलाडीलाई साथ सहयोग र सम्मान गर्नुपर्ने बताए ।

प्रकाशित मिति : जेष्ठ २९, २०७९ आईतबार  ६ : १४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]