बैशाख १३, २०८१ बिहीबार

झापामा राप्रपाले कति बढायो जनमत ?

बिर्तामोड । झापामा ०७४ को स्थानीय तह निर्वाचनमा कचनकवल, हल्दिवारी र गौरीगञ्ज जितेको राप्रपाले हालै सम्पन्न निर्वाचनबाट दुई वटा पालिका मात्र जित्न सफल भयो । पाँच वर्षअघिको निर्वाचनभन्दा कम पालिका जितेको राप्रपाले जनमत भने उल्लेख्य मात्रामा बढाएको छ । दमक नगरपालिकामा कांग्रेस, माओवादीको सहयोगबाट राप्रपा विजयी भयो ।

पाँच वर्षअघिको निर्वाचनको मत परिणाम हेर्दा राप्रपाले ०७९ मा सबै पालिकाका अध्यक्ष र प्रमुखको मत बढाएको छ । बुद्धशान्ति र झापा गाउँपालिकाको अध्यक्षमा उम्मेद्वार नै नउठाएको राप्रपाले ०७४ मा ३५ हजार २ सय २ मत प्राप्त गरेको थियो ।

जिल्लाका १५ पालिकाका अध्यक्ष एवम् प्रमखहरुको मतलाई मात्र आधार मानेर मत परिणामको गणित हेर्ने हो भने भर्खरै सम्पन्न निर्वाचनमा राप्रपाले ५४ हजार २ सय ३५ मत प्राप्त गरेको छ । पाँच वर्षको अन्तरालमा राप्रपाले १९ हजार ३३ मत बढाएको छ ।

०७४ को स्थानीय तह निर्वाचनमा राप्रपाले दमकमा ७६५५ मत ल्याएको थियो । ०७९ मा महागठबन्धन गरेको राप्रपाको मत कति भन्ने छुट्याउन गाह्रो भएपछि गत निर्वाचन कै मत जोडेर हेरिएको छ । तर, राप्रपाले गठबन्धन भए पनि राप्रपाको मत ८ हजार ५ सय भएको दावी गरेको छ ।

राप्रपा झापाका अध्यक्ष केशव ओझाले जिल्लामा लोकप्रिय जनमत पाएको बताएका छन् । उनले गएको निर्वाचनमा राप्रपाले ३ अध्यक्ष, १ उपाध्यक्ष, ७ वडाध्यक्ष र २१ सदस्य निर्वाचित भएको जानकारी दिए । उनले हालै सम्पन्न निर्वाचनबाट अध्यक्ष १, नगरप्रमुख १, वडाध्यक्ष ७, सदस्यहरु ३२ जना निर्वाचित भएको बताए ।

पहिले ३१ जना र अहिलेको निर्वाचनबाट ४३ जना जनप्रतिनिधि राप्रपाबाट निर्वाचित भएको अध्यक्ष ओझाको भनाई छ ।
राप्रपाले ०७४ मा अर्जुनधाराको नगर प्रमुखमा ७५४, कचनकवलको अध्यक्षमा ५८१६, कनकाईको प्रमुखमा ३०७, कमलको अध्यक्षमा ३९६, गौरादहको प्रमुखमा ६१४, गौरीगञ्जको अध्यक्षमा ३७४०, दमकको प्रमुखमा ७६५५, बाह्रदशी १४१४, भद्रपुरको प्रमुखमा २८२२, बिर्तामोडको प्रमुखमा ६१७०, शिवसताक्षीको प्रमुखमा ७६५, हल्विारीको अध्यक्षमा ३९४३ मत प्राप्त गरेको थियो ।

यस्तै, ०७९ को निर्वाचनमा राप्रपाले अर्जुनधाराको नगर प्रमुखमा १६०८, कचनकवलको अध्यक्षमा ६६६७, कनकाईको प्रमुखमा २२०५, कमलको अध्यक्षमा ७८२, गौरादहको प्रमुखमा १५९०, गौरीगञ्जको अध्यक्षमा ३३०७, झापाको अध्यक्षमा ३०२, बाह्रदशी ४०६८, भद्रपुरको प्रमुखमा ६३१०, बिर्तामोडको प्रमुखमा ५६५६, शिवसताक्षीको प्रमुखमा १७३०, हल्विारीको अध्यक्षमा ६८५६, बुद्धशान्तिको अध्यक्षमा १६०३ मत प्राप्त गरेको थियो । जिल्लाभरमा गौरीगञ्ज र विर्तामोड बाहेक सबै स्थानीय तहमा राप्रपाको मत बढेको छ ।

प्रकाशित मिति : जेष्ठ २९, २०७९ आईतबार  ६ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]