जेष्ठ ४, २०८१ शुक्रबार

राप्रपाको विस्तार

सम्पादकीय
हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनका बाबजुत अधिकांश ठाउँमा राप्रपा एक्लै चुनावमा सहभागी भयो । नेकपा एमाले जस्तै राप्रपा पनि चुनावमा कसैसँग गठबन्धन गरेन । अपवादमा एमाले र राप्रपाले तालमेल गरे । एमाले विरुद्ध गरिएको गठबन्धनमा राप्रपा सहभागी भएन । तर, झापाको दमकमा गुमाउनै नमिल्ने अवसर पाएपछि राप्रपाले मौकामा चौका हानेको छ । दमकमा महागठबन्धन भएको थियो । एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई देखाउने गरी दलहरुले महागठबन्धन गरे । तथापि, विगतको मत बचाउन सकेनन् । एमाले विगतमा भन्दा बलियो देखियो ।

झापामा एमालेपछि संगठन विस्तारमा अन्य दलहरुभन्दा अगाडि रहेको राप्रपा फस्टाएको देखिन्छ । चुनावी नतिजाले खुम्चाए पनि जनमत राम्रो प्राप्त गरेको छ । ०७४ को निर्वाचनमा तीन पालिका प्रमुख जितेको राप्रपा यो निर्वाचनमा दुई पालिकामा सिमित भयो । परिणाममा सिट संख्यालाई हेर्दा अघिल्लो निर्वाचनभन्दा बढेर गएको छ । जिल्लामा एमाले र कांग्रेसलाई जोखिम बन्दै गएको राप्रपा एक्लै बहुमत ल्याउन सफल भइरहेको छ । राजा मान्ने पार्टीलाई जनताले यसरी मत दिने कुरा ठिक छ ? यो सोच्नै पर्छ । राप्रपामा रहेर पनि जनताको सेवामा राम्रो योगदान गरेर यस प्रकारको नतिजा आएको त होइन ?

भर्खरै सम्पन्न निर्वाचनमा राप्रपाले ५४ हजार २ सय ३५ मत प्राप्त गरेको छ । पाँच वर्षको अन्तरालमा राप्रपाले १९ हजार ३३ मत बढायो । ०७४ को स्थानीय तह निर्वाचनमा राप्रपाले दमकमा ७६५५ मत ल्याएको थियो । ०७९ मा महागठबन्धन गरेको राप्रपाको मत पहिचान भएन । दुई गाउँपालिकाको अध्यक्षमा उम्मेद्वार नै नउठाएको राप्रपाले ०७४ मा ३५ हजार २ सय २ मत प्राप्त गरेको थियो । पाँच वर्षको अन्तरालमा ठुलो जनमत प्राप्त गरिरहेको राप्रपा विस्तार सकारात्मक छ वा जोखिमपूर्ण छ ? समीक्षाको विषय बनाऔं ।

प्रकाशित मिति : जेष्ठ ३०, २०७९ सोमबार  १२ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]