बैशाख १३, २०८१ बिहीबार

भद्रपुर बाहेक झापाका सबै पालिकामा बढ्यो एमालेको जनमत

झापा । सत्तारुढ गठबन्धनको चरम घरोबन्दीबीच नेकपा एमालेले झापामा लोकप्रिय मत पाएको छ । जनताको बिचमा गठबन्धनसँग एक्लै चुनावी प्रतिष्पर्धा गर्न सफल भएको एमालेले भद्रपुर नगरपालिका बाहेक सबै पालिकामा विगतको मत जोगायो । मत जोगाएको मात्र छैन, बढाएर गएको तथ्याङक छ ।

मत सर्वेक्षणमा विगतको मतलाई आधार मान्ने हो भने भद्रपुरमा पार्टीभित्र डरलाग्दो अन्तरधात भएको छ । अन्तरघातका नाइकेहरुका बारेमा पार्टीले आन्तरिक छलफल र कारवाहीको विषय बनाउला । जिल्लामा सत्तारुढ गठबन्धनले एमालेलाई एक्लाउने प्रयास गरे पनि जनतमका दृष्टिले फेरि एमालै नै बलियो रुपमा स्थापित भएको विवरणमा देखिन्छ ।

झापाको १५ वटा स्थानीय तहमध्ये १४ वटा स्थानीय तहमा एमालेले विगतमा भन्दा बढि मत ल्याएको छ । विगतको मत घटेको स्थानीय तह भनेको भद्रपुर मात्रै हो । गठबन्धनले एमालेलाई सबै ठाउँ पराजित गर्ने गरी अभियान सञ्चालन गरे पनि एमाले एक्लै ७ पालिकामा विजयी भयो । नेकपा एमालेले अर्जुनधारासहित, कनकाई, गौरादह, बाह्रदशी, मेचीनगर, बिर्तामोड र शिवसताक्षीमा विजयी हासिल गरेको छ ।

हल्दिवारी र दमकमा राप्रपाले विजयी हासिल गरेको छ भने बाँकी पालिकामा कांग्रेस वियजी भयो । माओवादी केन्द्र सबै पालिकामा पराजित भयो । केहि वडामा भने माओवादीले जितेको छ ।

प्रमुख पदमा नेकपा एमालेले ०७४ को निर्वाचनमा अर्जुनधारा १३ हजार ८ सय ७९, कचनकवलमा ३ हजार ९ सय ७२, कनकाईमा ८४१६, कमलमा ८२७५, गौरादहमा ९८५३, गौरीगञ्जमा २७५७, झापामा ३७८९, दमकमा १०८०६, बाह्रदशीमा ५१११, बुद्धशान्ति ७३५३, भद्रपुर ११०४२, मेचीनगर १९१९२, बिर्तामोड ९११२, शिवसताक्षी १३४३९ र हल्दिवारीमा ३५४३ मत प्राप्त गरेको थियो ।

०७९ को निर्वाचनमा एमालेले विगतको मत भन्दा अर्जुनधारामा ५२९१, कनकाईमा २५७, कमलमा १३७८, गौरादह २९९५, गौरीगञ्जमा ५७३, झापामा ५७६, दमकमा ६१६०, बाह्रदशीमा २०३७ , बुद्धशान्तिमा ९४९, मेचीनगरमा ७२८६, बिर्तामोडमा ७४०८, शिवसताक्षीमा ३०५९ र हल्दिवारीमा ११२३ मत बढाएको छ । विवरणका अनुसार झापामा एमालेले विगतको भन्दा ३३ हजार ८ सय ३७ मत बढाउन सफल भयो । भद्रपुर नगरपालिकामा विगतको भन्दा १२८६ मत घटेको छ ।

कचनकवलमा कांग्रेससँग तालमेल गरेको एमालेले ०७४ कै मत जोढ्दा हालै सम्पन्न निर्वाचनमा जम्मा १ लाख ६८ हजार ३ सय ४९ मत प्राप्त गर्न सफल भएको देखिन्छ । कचनकवललाई छोडेर हेर्दा एमालेको चोखो मत १ लाख ६४ हजार ३ सय ७७ छ । गठबन्धन गरेका कारण कांग्रेस, माओवादीको मत छुट्याउन गाह्रो भएको छ । तथापि, ०७४ मा कांग्रेसले १ लाख १४ हजार मत प्राप्त गरेको थियो भने माओवादीले ४० हजार मत ल्याएको थियो ।

एमाले झापाका अध्यक्ष दिपक कार्कीले गठबन्धनका बाबजुद पार्टीले प्राप्त गरेको जनमतबाट सन्तुष्ट रहेको बताएका छन् । उनले एमालेका नीति कार्यक्रम र एमाले सरकार हुँदा भए गरेका कामबाट जनता खुशी भएकै कारण गठबन्धनभन्दा राम्रो जनमत प्राप्त गरेको बताए । उनका अनुसार स्थानीय निर्वाचनमा कठिनताका बिच प्रतिष्पर्धा भयो । आगामी प्रदेश र संघीय निर्वाचनमा एमालेलाई स्थानीय चुनाव जस्तो कठिन नहुने उनको भनाई छ । भद्रपुरमा ठुलै अन्तरघात भएछ नि भन्ने जिज्ञासामा अध्यक्ष कार्कीले भने – ‘विगतको मत नै घट्नु राम्रो संकेत होइन ।’

भद्रपुरमा किन मत घट्यो भन्ने जिज्ञासामा एक जना स्थानीय नेता भन्छन्, निवर्तमान मेयर जीवन श्रेष्ठ नेतृत्वप्रति भद्रपुरबासीको असन्तुष्टिले यस्तो परिणाम आएको हो । नाम नबताउने सर्तमा भने, खुलेयाम अन्तर्घात समेत भएको छ ।

प्रकाशित मिति : जेष्ठ ३०, २०७९ सोमबार  ६ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]