चैत्र १५, २०८० बिहीबार

ट्याक्टर ठक्करबाट गौरादहमा एक बालकको मृत्यु

बिर्तामोड । ट्याक्टरको ठक्करबाट गौरादहमा एक बालकको मृत्यु भएको छ । आज साँझ गौरादह –१ स्थित पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे १ त ७४३१ नं.को ट्याक्टरले स्थानीय बालकलाई ठक्कर दिएको थियो ।

सोही वडा बस्ने राम प्रसाद अधिकारीको ९ वर्षीय छोरा गौरव अधिकारीलाई ट्याक्टरले ठक्कर दिई घाईते बनाएको थियो । उनको उपचारको लागि दमक अस्पताल पुर्याउन साथ डाक्टरले मृतघोषणा गरेका थिए ।

ठक्कर दिने ट्याक्टर र ट्याक्टर चालक कमल गाउँपालिका वडा नं.१ बस्ने बर्ष २६ वर्षीय बिनोद चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए ।

प्रकाशित मिति : जेष्ठ ३०, २०७९ सोमबार  ७ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]