जेष्ठ ४, २०८१ शुक्रबार

बालबच्चाको दैनिकीप्रति ख्याल गरौं

र्यापर (जि–बब) र उनको परिवारबीचको विवाद छताछुल्ल भएको छ । बुबाआमासँग असमझदारी साँधेका जि–बबको व्यवहारले अभिभावक दुखिद् भएका छन् । एउटा परिवारमा आमा बुबा विरुद्ध उजुरी हालेर स्वतन्त्रता चहाना कुरा पाँच्य छैन । उनले स्वतन्त्रता चहाने नाममा जन्मदाताको मन दुखाउने छुट छैन । यो विषय व्यवहारिक पनि होइन । पछिल्लो समय चर्चामा रहेका जि–बब पारिवारिक कारण विवादमा आए । उनको व्यवहारले अधिकांश अभिभावक दुखिद् छन् । आफ्नो सन्तानका बारेमा अभिभावकको बुझाई सधैं सकारात्मक नै हुन्छ । तर, जि–बबले देखाएको हर्कत उनकै लागि बेठिक छ ।

लागुऔषध दुव्र्यसनमा फसेको थाहा पाएपछि परिवारले उनको अतिरिक्त चासो दिनुलाई अस्वभाविक मान्न मिल्दैन । त्यसको बदलामा कसैले उनलाई प्रयोग गर्दै आमाबुबाबाट टाढा बनाउने प्रयास गर्न हुदैन । कलाको क्षेत्रमा उज्जवल भविष्य सुरक्षित रहे पनि आमाबुबाको मनमो चोट पुराएर गल्ति गरिएको छ । यो घटनाले सबै परिवारको आँखा खुलेको हुनुपर्छ । आफ्नो सन्तान कुन बाटोमा छन् ? कसले सन्तानको कति चासो दिइरहेको छ ? कतै सन्तान गलत बाटोमा त छैनन् ?

समय मै चासो दिन नसक्दा र धेरै विश्वास गर्दा जि–बबले गलत बाटो रोजे । त्यो कुरालाई उनैले स्वीकार गरेका छन् । त्यसैले हरेक परिवारले आफ्नो परिवारभित्र सन्तानको आनीबानी, दैनिकीलाई ख्याल गर्न आवश्यक छ । समय मै ख्याल गर्न सकिएन भने सन्तानलाई पुरानै बाटोमा फर्काउन गाह्रो हुने छ । जि–बबले आइतवार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बुबाआमा चाहिदैन भन्ने सन्देश दिए । तथापि, सोमवार तीन बुदे सहमति भएको छ । यसैले अभिभावक र सन्तान बीचमा यस किसिमको परिस्थिति निर्माण हुन नदिन सबै अभिभावकले ख्याल गर्न आवश्यक छ ।

प्रकाशित मिति : जेष्ठ ३१, २०७९ मंगलबार  ७ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]