बैशाख १४, २०८१ शुक्रबार

मेचीनगरमा आजदेखि नदिजन्य पदार्थ उत्खनन्मा रोक

धुलाबारी । मेचीनगर नगरपालिकाले नदिजन्य पदार्थ उत्खनन्मा रोक लगाएको छ । मेचीनगर नगरपालिकाले २०७९ जेठ ३१ गते सार्वजनिक सूचना जारी गरेर असार १ गतेदेखि भदौ मसान्त सम्म नदिजन्य पदार्थ उत्खनन्मा रोक लगाएको हो ।

‘मेचीनगरमा सार्वजनिक सूचना जारी गरेर नदिजन्य पदार्थहरू उत्खनन्मा प्रतिबन्ध लगाइएको छ’, नगरप्रमुख गोपाल चन्द्र बुढाथोकीले भने–‘ असार १ गतेदेखि भदौ मसान्त सम्म लागु हुनेछ ।’

सार्वजनिक सूचनालाई जो कोहिले उल्लंघन गरेर खोलाबाट निर्माण सामग्री झिकेको थाहा पाए कानुनी कारवाही हुने उपप्रमुख एवम् अनुगमन समिति संयोजक मीना पोखरेल उप्रेतीले बताइन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश दाहालले असार १ गतेदेखि तीन महिना लागु हुने गरी जेठ ३१ गते सार्वजनिक सूचना जारी गरेका छन् । सरकारले देशभर असार १ गतेदेखि तीन महिना नदिजन्य पदार्थहरू उत्खनन् गर्न प्रतिबन्ध लगाउने गरेको छ ।

प्रकाशित मिति : असार १, २०७९ बुधबार  ८ : ४० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]