जेष्ठ ४, २०८१ शुक्रबार

मलमा सधैं सास्ती

सम्पादकीय
यतिबेला किसान धान रोपाइको तयारीमा जुटेका छन् । धानको वीऊ राखिसकेका धेरै किसान मलको जोहो गरेर धान रोपाईमा कस्सिएका छन् । तर, मलको उपलब्धता नहुँदा धान रोपाई नै प्रभावित हुने चिन्ता बढेर गएको छ । हरेक वर्ष किसानले बर्खायाममा मलको हाहाकार सहनुपरेको छ । किसानको समस्यामा कुनै पनि सरकार जिम्मेवार हिसावले लागेको विगत छैन । नत विगतका सरकार किसानको समस्या सुनुवाईमा लागेको थियो, नत वर्तमान सरकार किसानको समस्यामा जिम्मेवार छ । अहिले मुख्य समस्याका रुपमा रहेको मल अभावलाई सुमाधान गर्ने सवालमा सरकार अझै जवाफदेही भएको छैन ।

नेपालमा कृषिको संभावना राम्रो छ । यहाँको माटो, हावापानी पनि उस्तै राम्रो । मेहनती किसान पनि उत्तिकै । तर, किसानका लागि आवश्यक पर्ने मल, वीऊ सधैं समस्या बन्ने गरेको छ । कुनै पनि सरकारले किसानलाई आवश्यक परेको बेला मल, वीऊको प्रवन्ध गर्न सकेका छैनन् । सरकार कै लापरबाही र कमजोर जवाफदेहिताले किसान मार्कामा पर्नुपरेको छ । जसका कारण उत्पादनमा कमि भइरहेको छ । सामान्य भन्दा सामान्य कृषि उत्पादन आयात गर्नुपर्ने अवस्था बनेको छ ।

केन्द्र सरकार एकातिर छ, अर्कातिर स्थानीय सरकार पनि जिम्मेवार हुनुपर्छ । अब, केन्द्र सरकारको मात्रै मुख ताक्नु हुदैन । आफ्नो पालिकाभित्रका किसानलाई आवश्यक पर्ने मल खाद्य उपलब्ध गराउन अधिकार सम्पन्न स्थानीय सरकारको सक्रियता खाँचो छ । कृषिमा क्रान्ति भइरहेको छ भन्ने भनाईलाई यो बेला स्वीकार गर्नै सकिन्न । यस्तै, समस्याका कारण किसान छिमेकी राष्ट्र भारतका सीमा क्षेत्रमा रहेका बजारबाट अवैध रुपमा मल भित्राउन बाध्य छन् । महंगो मुल्य तिरेर गुणस्तरहीन मलको प्रयोग गर्न बाध्य किसानको माटोमा समस्या भइरहेको छ । किनभने, छिमेकी बजारबाट आयातित मल प्रयोग गर्न उपयुक्त छैन । यसैले किसानको समस्यालाई सम्बोधन गर्न सबै सरोकारवालाबीचमा समन्वयको आवश्यकता छ ।

प्रकाशित मिति : असार १, २०७९ बुधबार  ९ : ०० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]