बैशाख १४, २०८१ शुक्रबार

चुरे संरक्षणमा आदिवासी जनजातिको चासो

कनकाई । चुरे संरक्षण गर्न सके त्यसको आसपासमा रहेका बासिन्दाहरुको उचित संरक्षण हुने सुरुङ्गामा आयोजित क्षमता अभिवृद्धि कार्यक्रममा बताइएको छ ।

बुधबार चुरे उत्थानशील आयोजना (बीआरसीआरएन) क्षेत्रका आदिवासी जनजाति संघ संस्थाहरुका लागि सचेतना विकास तथा क्षमता अभिवृद्धि तालिममा चुरेको उचित संरक्षणमा जोड दिनुपर्ने बताइएको छ ।

चुरे क्षेत्रमा अत्याधिक आदिवासी जनजाति बासोबास भएको तथ्याङ्क नेपाल सरकारले मात्र नभई विश्वले समेत निश्चय गरेको हुँदा त्यस क्षेत्रको संरक्षणमा आदिवासी जनजातिको भूमिका महत्वपूर्ण हुनुपर्ने जनाइएको छ ।

तालिममा धनबहादुर गुरुङ्गले जलवायुको परिवर्तनसँगै चुरेले गरेको विनासका विषयमा जानकारी गराएका थिए । प्रशिक्षक गुरुङ्गले अगाडि भने, ‘विश्वमा ८ हजार वर्षअघि पृथ्वीको आधा भाग बन जंगलले घेरिएको थियो । विस्तारै कृषिभूमिको विकास हुँदै जाँदा वन नासिएको तथ्य छ ।’
वन नासिनु, कार्वन उत्पादनमा ह्रास आउनु त्यसले विस्तारै मानव जीवनमा प्रतिकुल असर पर्ने भएको हुँदा वनको संरक्षणमा आदिवासी जनजातिको भूमिका महत्वपूर्ण हुनुपर्नेमा जोडदिए ।

उनले जलवायु परिवर्तन सम्बन्धि संयुक्त राष्ट्रसंघको खाका र यसका न्यूनिकरणका विषयमा समेत जानकारी दिए । कार्यक्रममा अर्का सहजकर्ता रेश्मा माझीले दुरा जातिद्वारा संरक्षित ८ हजार १५ हेक्टरको वन संरक्षणको विषय जानकारी गराउँदै अन्य सामुदायिक वनले गरेको संरक्षण र दुरा जातिले गरेको संरक्षणमा फरक आएको वृत्त चित्र सहित जानकारी दिए ।

तीन दिनसम्म चल्ने कार्यक्रममा आदिवासी जनजाति उपस्थिति संघ संस्थाको उन्नतिका विषयमा पनि जानकारी गराएका थिए । कार्यक्रममा आदिवासी जनजाति महासंघका झापा अध्यक्ष भरत श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा पूर्व अध्यक्ष पारसमणि राई, प्रेम घिसिङ, फोनिजका दिपीन राई, उपाध्यक्ष पाण्डवलाल चौधरी, सुष्मा कुमाल, सनम राजवंशीलगायतले जलवायुका विषयमा विभिन्न प्रतिक्रियाहरु दिएका थिए ।

चरणवद्ध भएको छलफलमा बिरेन मेचे, ओम प्रकाश खापुङ, लीला मगर, अञ्जना मेचे, गंगा शेर्मा, डिल्लीराम श्रेष्ठ, मेघराज थामी लगायतले चुरे संरक्षणमा उठेका सवालमा आफ्ना राय राखेका थिए ।

प्रकाशित मिति : असार १, २०७९ बुधबार  ७ : २० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]