जेष्ठ ४, २०८१ शुक्रबार

मुक्ति आन्दोलनमा सक्षम नेतृत्वको खाँचो

सम्पादकीय
दलित मुक्तिको आन्दोलनमा अगुवाई गर्दै आइरहेको नेपाल उत्पीडित जातीय मुक्ति समाज झापाको अधिवेशन चलिरहेको छ । झापाका २६० प्रतिनिधि सहभागी भएको अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । एक दशकअघि अधिवेशनबाट चयन भएको नेतृत्व पूर्ण रुपमा असफल भयो । समाजमा रहेको सबै भन्दा ठुलो समस्या जातीय विभेद विरुद्ध शसक्त आवाज उठाउनु पर्ने मुक्ति समाज अधिवेशनको संघारमा एकाएक बाहिर आयो । १० वर्ष गुप्तवास बसको संगठनलाई सक्रिय र आन्दोलन हाँक्न सक्ने नेतृत्वको खाँचो छ ।

सामाजिक कुरितीका रुपमा रहेको सबैभन्दा ठुलो समस्या जातीय भेद्भाव तथा छुवाछूतको अवस्था जस्ताको त्यस्तै छ । यसको पूर्ण रुपमा अन्त्य गर्न अवश्य समय लाग्छ । तर, यसका लागि आवश्यक अभियानहरु मुक्ति समाजले चलाउन सकेन । यसको औचित्य समाज बुझ्नै पाएन । मुक्ति आन्दलन हाक्नुपर्नेहरु राजनीतिमा मात्रै व्यस्त भए । जसका कारण मुल मुद्दा ओझेलमा परेको छ । अहिले पनि जातीय भेदभाव तथा छुवाछूतको घटना उस्तै छ । मान्छेहरुमा विभेद सामाजिक अपराध हो भन्ने बल्ल बुझाई भइरहेको छ । त्यै पनि व्यवहारिक रुपमा विभेद् विरुद्ध कसैले बलियो अभियान सञ्चालन गर्न सकिरहेका छैनन् ।

जातीय भेद्भाव तथा छुवाछूत अन्त्यका लागि यसलाई साझा मुद्दा बनाइनुपर्छ । जबसम्म दलित समुदायभित्र मात्रै यो मुद्दा बरालिन्छ तबसम्म पूर्ण अन्त्य असंभव छ । यसैले समाजका सबै तहतप्कामा विभेद् विरुद्ध आवाज उठ्नुपर्छ । सामाजिक क्षेत्रमा यो मुद्धालाई प्राथमिकतामा साथ उठाएर सबैलाई सचेत बनाउन आवश्यक छ । शैक्षिक क्षेत्रमा जातीय विभेद् सबैभन्दा ठुलो अपराध हो भन्ने बुझाउन आवश्यक भइसकेको छ । यसैले संविधानमा लेखेर मात्र हुदैन । व्यवहारिक रुपमा जातीय भेद्भावको अन्त्य हुनुपर्छ । जबसम्म भेदभावको अन्त्य हुदैन तबसम्म मुलुकलाई विकास गर्न सकिदैन । त्यसका लागि काम गर्न सक्ने सक्षक युवा नेतृत्व मुक्ति समाजले चयन गर्नुपर्छ ।

प्रकाशित मिति : असार २, २०७९ बिहीबार  ८ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]