असार २३, २०७९ बिहीबार

सरकारले एसपीपीबाट नेपाल अलग रहेको प्रष्ट्याउनुपर्छ – कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपा नेपाल चाँडै जनतामाझ स्थापित हुने बताउनुभएको छ । सगरमाथामा राप्रपा नेपालको झण्डा फहराउने पर्वतारोही नवन पासाङ शेर्पालाई सम्मान गर्न आयोजित कार्यक्रममा अध्यक्ष थापाले आफू फरक दृष्टिकोण बोकेर जनताको माझ गएकाले पार्टीलाई बलियो बनाउन जनताले साथ दिने बताउनुभयो ।

मुलुकमा राजनीतिक दल र दलका नेता राष्ट्रियता बलियो बनाउने विषयमा जिम्मेवार हुन नसक्दा अहिले देशमा विकृति र विसङ्गति बढेको बताउँदै अध्यक्ष थापाले नेपाललाई आवश्यक नै नभएको एसपीपी सम्झौताका बारेमा व्यापक चर्चा भइरहेको समयमा सरकारले अमेरिकी सरकारलाई औपचारिकरूपमै पत्र लेखेर एसपीपीबाट नेपाल अलग रहेको प्रष्ट्याउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा राप्रपा नेपालको चुनाव चिह्न तीरसहितको झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा फहराउने पर्वतारोही शेर्पालाई तत्कालीन राप्रपा नेपालका महामन्त्री स्व. चन्द्रबहादुर गुरुङको स्मृतिमा स्थापित रु एक लाखसहितको ‘चन्द्र स्मृति विशिष्ट प्रतिभा पुरस्कारबाट सम्मान गरिएको थियो । सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी राप्रपा नेपाल प्रवेश गर्नेलाई अध्यक्ष थापाले स्वागत गर्नुभएको थियो ।

प्रकाशित मिति : असार ४, २०७९ शनिबार  ७ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास दैनिक

कार्यालय सम्पर्क - बिर्तामोड,झापा
सम्पादक – प्रदीप परियार
कम्पनी दर्ता नम्बर : १६९६५४/७३/०७४
विज्ञापनको लागि : ०२३–५३५०२८
सम्पर्क : ९८५२६३५०२८/९८५२६४५०२८
टाइम्स मिडिया नेटवर्क प्रा.लि. द्वारा प्रकाशित ‘इजलास दैनिक’को आधिकारिक वेबसाइट तपाईंको साझा इजलास