जेष्ठ २, २०८१ बुधबार

विधालय सुधारमा अभिभावकको दायित्व

सम्पादकीय
सामुदायिक विधालयहरुको नाजुक अवस्था देख्दा राज्यको ठुलो लगानी खेह्र गइरहेको छ । कमै मात्र विधालय छन्, जसले राज्यको लगानीलाई सदुपयोग गरिरहेका छन् । शिक्षक, कर्मचारीको मनोमानीले सामुदायिक विधालयहरु खस्किएको कुरा स्वयम् उनीहरुलाई थाहा छ । सामुदायिक विधालय सुधारमा समुदायको खवरदारी कमजोर हुँदा पनि गुणस्तर मात्र होइन, विधालय नै लथालिङ भइरहेको छ । सामुदायिक विधालय निजी विधालयका कारण कमजोर भइरहेको छ भन्ने शिक्षक नै विधालयभित्रको ठुलो समस्या हो ।

विधालयको शैक्षिक अवस्था खस्किएपछि मेचीनगरमा अभिभावक सचेत भएका छन् । मेचीनगर नगरपालिका– ९ स्थित कविशिरोमणि माविको शैक्षिक स्तर खस्किएको भन्दै अभिभावकहरू आफै विधालय पुगे । आइतबार अभिभावकले विद्यालय घेराउ नै गरे । बिहान ९ः४५ बजे विद्यालय परिसर पुगेका अभिभावकहरूले समयमा नआउने शिक्षकहरूलाई विद्यालय प्रवेशमा रोक समेत लगाए । विद्यालय समयमा गेटमा भेला भएका अभिभावकहरूले ढिलो आउने शिक्षकलाई गेटबाटै फर्काइदिए पछि लापरबाही गर्नेहरु सचेत भएका छन् ।

झापाका कयौं विधालयहरु छन्, जहाँ शिक्षक कर्मचारी विधालय आउने कुनै टुङ्गो हुदैन । अभिभावकको लापरबाहीले पनि शिक्षक कर्मचारीले त्यसको फाइदा उठाइरहेका छन् । खासगरी विधालय सुधारमा मुख्य भुमिका नै अभिभावकको हुनुपर्छ । अभिभावकले थोरै मात्रामा खवरदारी गरे भने सामुदायिक विधालयमा सुधार ल्याउन सकिन्छ । बाह्रदशी ५ मा रहेको घोडामारा आधारभुत विधालय व्यवस्थापन समितिका अध्यक्ष आफै प्रवेशद्वारमा हरेक दिन निगरानी गरिरहेका हुन्छन् । यसका कारण विधालय सुधारका लागि अभिभावक अग्रसर हुन आवश्यक छ ।

प्रकाशित मिति : असार ६, २०७९ सोमबार  ९ : २८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]