जेष्ठ ४, २०८१ शुक्रबार

बुधबारे हटिया तत्काल व्यवस्थित गरियोस्

सम्पादकीय
झापाको बिर्तामाड –५ मा रहेको बुधबारे हटियाका व्यापारीलाई विजुलीको मिटर जडान गरिदिनुपर्ने माग राख्दै बिर्तामोड वाणिज्य संघको नाममा भइरहेको आन्दोलनमाथि चौतर्फी प्रश्न उठेको छ । व्यवसायीको हित गर्ने सवालमा सबै सकारात्मक देखिए पनि संघका केहि व्यक्ति खुलेयाम स्वार्थ पुरा गर्ने उद्देश्यका साथ लागेको स्पष्ट छ । वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले सोही आन्दोलनका क्रममा बिर्तामोडको नगर प्रमुख पवित्रा महतारा प्रसाईमाथि दुव्र्यवहार गरे । उनले नगरप्रमुखलाई दुव्र्यवहार गरे भने नेकपा एमालेका अध्यक्ष सुवास भट्टराईमाथि हातपातको प्रयास गरे ।

शान्तिपूर्ण आन्दोलन सफल हुन्छ । असल नियतका साथ शुरु गरिएका आन्दोलनमा सौहार्दता हुन्छ । एकआपसमा छलफल र बहस हुन्छ । तर, वाणिज्य संघको नाम जोडेर गरिएको आन्दोलन नगरप्रमुख र दलका नेताहरुमाथि कुटपिट मै उत्रिएर गरिएका हर्कतले आन्दोलनलाई सफलतातिर लैजान सक्दैन । सबैभन्दा पहिले आन्दोलनमा सहभागी नेतृत्वकर्तामा आचरण र नियत सफा हुनुपर्छ । वाणिज्य संघका नाममा आन्दोलन गर्नेहरुको नियतमा शंका देखिन्छ । सार्वजनिक जग्गामा बसेका व्यापारीमाथि नगर सरकारका तर्फबाट आवश्यक सहयोग र समन्वय भइरहेको छ । वाणिज्य संघको अरनखटन जायज पनि छैन । यो आन्दोलन वाणिज्य संघको आधिकारिक आन्दोलन पनि नभएको स्पष्ट छ । केहि व्यक्तिको स्वार्थमा आन्दोलन शुरु गरिएको छ ।

बुधबारे हटियाभित्र समस्या असामान्य छ । जसको निराकरण गर्ने दम वाणिज्य संघसँग पक्कै छैन । बुधबारे हटियामा अनाधिकृत रुपमा टहरा बनाएर बस्ने छुट कसैलाई छैन । राज्यको सम्पत्तिमा आफुखुशी गर्नेहरुलाई वाणिज्य संघले हटाउन सक्छ ? बुधबारे हटियाको जग्गामा भइरहेको अतिक्रमण वाणिज्य संघले रोक्न सक्छ ? कृषिथोक र बुधबारे हटियाभित्र आम उपभोक्ता ठगिएको छन्, रोक्न सक्छ ? त्यसको नियन्त्रण गर्न सक्छ ? अहिले महंगीको मार भोग्नुपरेको बेला वाणिज्य संघले मिटरको मुद्दा बोक्ने हो ? त्यो हटियालाई तत्काल भत्काएर डीपीआर तयार गरेर व्यवस्थित कम्प्लेक्स निर्माण गरिनुपर्छ । संघले एउटा मिटर होइन, भव्य कम्प्लेक्स बनाउन नगरसँग पहल गर्नुपर्छ । दिउँसो व्यापार गर्ने बजारमा मिटरको माग जायज पनि देखिदैन ।

प्रकाशित मिति : असार ७, २०७९ मंगलबार  ६ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]