जेष्ठ २, २०८१ बुधबार

बिर्तामोडको बुधबारे हटियाको समस्या समाधानका लागि कार्यदल गठन

बिर्तामोड । बिर्तामोडको बुधबारे हटियाको वस्तुगत अवस्था अध्ययनका लागि कार्यदल गठन भएको छ । नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन भएको बिर्तामोड नगरपालिकाले जनाएको छ ।

कार्यदलको सदस्यहरुमा वडा नं. ५ का वडाध्यक्ष रोहित प्रसाई, पूर्व जनप्रतिनिधि गोपी गिरी रहेका छन् । यस्तै, कार्यदलको सल्लाहार सदस्यहरुमा तत्कालिन अनारमनी गाविसका अध्यक्ष हर्कलाल गिरी, लोकबन्दु कन्दङ्वा र वडा नं. ५ का निवर्तमान वडाध्यक्ष राजेन्द्र प्रसाद लिङ्देन रहेका छन् ।

उनीहरुले बजारको अध्ययन गरेर प्रतिवेदन बुझाउने छन् । बुधबारे हटिया, बजार लाग्ने क्षेत्रको व्यवस्थापन साथै समस्या समाधानका लागि कार्यदल बनाइएको छ । सो कार्यदललाई एक महिनाको समय दिइएको बताइएको छ ।

प्रकाशित मिति : असार ७, २०७९ मंगलबार  ७ : ५० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]