असार २३, २०७९ बिहीबार

बिर्तामोड उधोग वाणिज्य संघका अध्यक्षसहित ११ जना प्रहरीको नियन्त्रणमा

बिर्तामोड । बिर्तामोड उधोग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवोकाटी, बरिष्ठ उपाध्यक्ष राजु न्यौपाने सहित ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई नियन्त्रणमा लिएको बिर्तामोडका डिएसपी रुगम बहादुर कुवरले पुष्टि गरेका छन् ।

बिर्तामोड–५ स्थित बुधबारे हटियामा अनाधिकृत रुपमा व्यवसाय सञ्चालन गर्दै आएका व्यापारीलाई मिटर माग गर्दै आन्दोलनरत उनीहरुले नगरपालिकामा हुलहुज्जत गर्दै नगरभित्र प्रवेश गर्न खोजेपछि उनीहरुसहित ११ जनालाई नियन्त्रणमा लिएको डिएसपी कुँवरले जानकारी दिए ।

दुई दिनअघि मात्रै सर्वदलीय बैठकका क्रममा वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष न्यौपानेले मेयर पवित्रा महतारा प्रसाईमाथि दुव्र्यवहार गरेका थिए भने एमाले अध्यक्ष सुवास भट्टराईलाई हातपातको प्रयास गरेका थिए । सोही क्रममा न्यौपानेको नेतृत्वमा व्यापारीसमेतले नगरका विभिन्न संरचनामा तोडफोडको प्रयास गरेको थियो ।

वाणिज्य संघको नाममा गरिएको आन्दोलन अराजक भएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । बुधबारे हटियाको समस्या समाधानका लागि नगरपालिकाले कार्यदल गठन गरिसकेको छ । नगरउपप्रमुख नगेन्द्र संग्रौलाको संयोजकत्वमा बनेको कार्यदललाई १ महिनामा प्रतिवेदन बुझाउन म्याण्डेड दिइएको छ ।

प्रकाशित मिति : असार ८, २०७९ बुधबार  १२ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास दैनिक

कार्यालय सम्पर्क - बिर्तामोड,झापा
सम्पादक – प्रदीप परियार
कम्पनी दर्ता नम्बर : १६९६५४/७३/०७४
विज्ञापनको लागि : ०२३–५३५०२८
सम्पर्क : ९८५२६३५०२८/९८५२६४५०२८
टाइम्स मिडिया नेटवर्क प्रा.लि. द्वारा प्रकाशित ‘इजलास दैनिक’को आधिकारिक वेबसाइट तपाईंको साझा इजलास