बैशाख २२, २०८१ शनिबार

शिवसताक्षीको निशुल्क स्वास्थ्य शिविरमा ८ सय बढी लाभान्वित

शिवसताक्षी । शिवसताक्षीको वडा नं. ५ मा भएको स्वास्थ्य शिविरमा वडाका ८ सय बढिले सेवा लिएका छन् । शिवसताक्षी नगरपालिका वडा नं. ५ को संयोजक वर्कफर नेपालको आयोजना र हेल्पिङ्ग हेन्ड फर रिलफ एन्ड डेबलमेन्टको आर्थिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।

शिविरको उद्घाटन नगरप्रमुख मेगाहाङ्ग थोप्रा (रोशन) ले गरेका थिए । उनले उद्घाटनका क्रममा बोल्दै नगरबासीलाई स्वास्थ्य सेवा पहुँच हुने गरी नगरको ६ नं. वडामा नगर अस्पताल निर्माण भइरहेको जानकारी दिए । नगरबासीको स्वास्थ्यका लागि नगरपालिका सदैव सम्वेदनशिल भएर लाग्ने उनको भनाई थियो ।

शिविरमा दन्तरोग, आँखाको उपचार महिलाहरुको पाठेघरको जाँच र हाडजोर्नी तथा नशाको उपचार गरिएको वडा नं. ५ का वडाध्यक्ष सिकिन पासवानले जानकारी दिए ।

वडाबासीहरुका स्वास्थ्यलाई ध्यानमा राख्दै निशुल्क स्वास्थ्य शिविरको आयोजन गरिएको उनले बताए । उनका अनुसार वडाका ८ सय बढीले सेवा लिएका थिए । स्वास्थ्य शिविरमा निशुल्क औषधि समेत वितरण गरिएको थियो । शिविरमा फिजिसियन डा. अहमद रेजा, स्त्रीरोग विशेषज्ञ डा. सविना कट्टेल, नेत्र विशेषज्ञ मोती बराल, र दन्त रोग विशेषज्ञ स्मारक दाहालले सहजीकरण गरेका थिए ।

प्रकाशित मिति : असार ८, २०७९ बुधबार  ७ : २८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]