बैशाख ७, २०८१ शुक्रबार

महंगी विरुद्ध आवाज उठाऔं

सम्पादकीय
नेकपा एमालेको विधार्थी संगठन अनेरास्ववियु मुल्यवृद्धिको विरुद्धमा निरन्तर आन्दोलनमा छ । निरन्तर सडक आन्दोलन गरिरहेको अनेरास्ववियुका नेता कार्यकर्तामाथि प्रहरीले दमन गर्दा धेरै नेता कार्यकर्ता घाइते भएका छन् । उनीहरु अहिले पनि उपचाररत छन् । आम नागरिकको जीवनमा धान्नै नसकिने मुल्यवृद्धि भएको छ । वर्तमान सरकारको पदबहालीपछि हरेक वस्तुमा लगातार मुल्यवृद्धि भइरहेको छ । दैनिक उपभोग्य खाद्यवस्तु देखि पेट्रोलियम पदार्थमा सरकारले गरेको मुल्यवृद्धिले नागरिकको जीवन नै कष्टपूर्ण भइसकेको छ ।

विहानदेखि साँझसम्म उपभोग गरिने सबै प्रकारका वस्तुको मुल्य आकासिएको छ । सरकार नागरिकको असुविधाप्रति सचेत हुन सकेको छैन । नेकपा एमाले र राष्ट्रिय जनमोर्चा मुल्यवृद्धि विरुद्ध सडक आन्दोलनमा जाने घोषणा गरिसके । अब, आम नागरिक यस आन्दोलनमा सहभागी हुन जरुरी छ । सरकारको चरम लापरबाही र मुल्यवृद्धिले जनजीवन कै कष्टकर भइरहेको बेला सबै क्षेत्र मुल्यवृद्धि विरुद्ध आवाज उठाउन जरुरी छ । यसको समाधानका लागि सबैको एकता खाँचो छ ।

पेट्रोलिय पदार्थमा भएको मुल्यवृद्धि वैज्ञानिक छैन । सरकारका कारण आम नागरिक सवारी चलाउनै नसक्ने अवस्थामा पुगिसकेका छन् । यो अवस्थामा पनि सरकार गम्भीर हुन सकेको छैन । मुल्यवृद्धिका कारण दैनिक मजदुरी गरेर जीवन धान्ने सर्वसाधारणको घरमा आगो नबलने अवस्था बनिसक्यो । सरकार भने आफ्नो बचाउमा दौडधुप गरिरहेको छ । यसैले सामाजिक संघसंस्था , निजी क्षेत्र सबैले मुल्य घटाउनका लागि दवाव दिनैपर्छ । धान रोप्ने बेलामा किसानले मल पाइरहेका छैनन् । शैक्षिक सत्र शुरु भइसक्दा विधार्थीले पाठ्यपुस्तक पाउन सकेका छैनन् । यस कारण सरकारको कमजोरीलाई सच्याउन सबै तहतप्काबाट खवरदारी गरौं ।

प्रकाशित मिति : असार १०, २०७९ शुक्रबार  ७ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]