चैत्र १५, २०८० बिहीबार

शंकास्पद वस्तु डिस्पोज गर्न चारआलीबाट सेनाको टोली गौरादह प्रस्थान

बिर्तामोड । नेकपा एमाले झापाका अध्यक्ष दीपक कार्कीको गौरादहस्थित घरको ढोका अगाडि कुकर बम जस्तो देखिने शंकास्पद वस्तु डिस्पोजका लागि चारआलीबाट नेपाली सेनाको टोली गौरादह प्रस्थान गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आर्मीको डिस्पोजल टोली गौरादह प्रस्थान भइसकेको छ, केहि वेरमा गौरादह पुगेर शंकास्पद् वस्तुको डिस्पोज गर्नेछ ।

अध्यक्ष कार्कीले घरको ढोका अगाडि बिहान ५ः३० बजे तार जडित कुकर फेला परेको हो । उनले पुरानो कुकरमा तार जोडिएको जानकारी दिए । कुकर कसले राखेको हो भन्ने नखुलेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । घटनास्थलमा दमकका डिएसपी दिलिप गिरीको टोली परिचान भएको छ ।

प्रकाशित मिति : असार १०, २०७९ शुक्रबार  ७ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]