बैशाख १२, २०८१ बुधबार

एमाले अध्यक्ष कार्कीको घरमा राखिएको शंकास्पद वस्तु डिस्पोज, ‘होक्स’ रहेछ : प्रहरी

बिर्तामोड । नेकपा एमाले झापाका अध्यक्ष दीपक कार्कीको गौरादहस्थित घरको ढोका अगाडि फेला परेको कुकर बम जस्तो देखिने शंकास्पद वस्तु डिस्पोज गरिएको छ । चारआलीबाट गएको नेपाली सेनाको डिस्पोजल टोलीले शंकास्पद वस्तुको डिस्पोज गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चारआलीस्थित सेनाको डिस्पोजल टोलीले उक्त शंकास्पद वस्तुको डिस्पोज गरेका हुन् । झापा प्रहरीका अनुसार सो वस्तु होक्स भएको पुष्टि भएको छ । दमकका डिएसपी दिलिप गिरीले इजलाससित भने, कुकर खाली रहेछ । खाली कुकरमा तार जोडेको पाइयो ।

अध्यक्ष कार्कीले घरको ढोका अगाडि बिहान ५ः३० बजे तार जडित कुकर फेला परेको थियो । उनले पुरानो कुकरमा तार जोडिएको अवस्थामा कुकर फेला परेको भन्दै सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए ।

प्रकाशित मिति : असार १०, २०७९ शुक्रबार  ९ : १४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]