बैशाख २२, २०८१ शनिबार

शिवसताक्षीका नगरप्रमुखको नयाँ काम, हाम्रो नगर उज्यालो शहर कार्यक्रम

शिवसताक्षी । शिवसताक्षीका नगरप्रमुख मेगाहाङ्ग थोप्रा (रोशन) ले आगामी आर्थिक वर्षका लागि आकर्षक नीति तथा कार्यक्रम ल्याएका छन् ।

शुक्रवार नगर कार्यापालिको कार्यालयमा नीति तथा कार्यक्रम प्रस्तु गर्दै अघिल्लो वर्षको भन्दा फरक कार्यक्रम ल्याएको उनले घोषणा गरेका छन् ।

कार्यक्रमा आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार नीति, वन तथा विपत व्यवस्थापन, शुसाशन तथा संस्थागत नीति गरी २० पृष्ठ नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो ।

नीति तथा कार्यक्रममा आगामी वर्षमा कृषि, शिक्षा, स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखिएको छ। शिवसताक्षी नगरबासी कृषिमा पेशामा धेरै भएको पनि नगरले आगामी बजेटमा कृषिलाई विशेष ध्यान दिएको पाएको छ ।

निर्वाह मुखी खेती प्रणालीबाट कृषि क्षेत्रलाई उत्पादनमुखी , व्यवसायिक तथा रोजगारीमुलक बनाउन कार्यक्रम सञ्चालन गरिने, कृषि पकेट क्षेत्रको रुपमा यस नगरपालिका कृषि क्षेत्रलाई विकास गर्दै धान, गहुँ, मकै, तोरी, च्याउ र मौसमी तथा बेमौसमी तरकारी, उत्पादनको बृद्धिमा जोडदिने प्रस्तुत नीति तथा कार्यक्रमा उल्लेख गरिएको छ ।

नगरको दुई स्थान शिवगञ्ज र झिलझिलेमा कृषि उपज संकलन, विक्री कक्षा तथा भण्डार केन्द्र निर्माण गरी सञ्चालनको लागि अनुदानको व्यवस्था गरिने नीति तथा कार्यक्रममा समेटिएको छ ।

आमा र माटोको सुधार, मान्सा नै औषधालय अन्तगत प्राङ्गारिक मलको प्रयोग, अग्र्यानिक खेतीलाई प्रोत्साहन र सहयोग गर्ने तथा बढी विषादी प्रयोग गर्नेलाई निरुसाहित गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । विदेशबाट फर्किएका व्यक्तिहरु तथा बेरोजगार यूवाहरुलाई कृषि तथा पशु उद्यम प्रति प्रोत्साहन गर्न बैंक तथा सहकारी संस्थाहरुबाट न्यून व्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था मिलाइने छ ।

त्यस्तै सिंचित क्षेत्रको विस्तार गरी उत्पादन बृद्धि गर्ने उद्देश्यले साना सिचाई मोटर जडान कार्यक्रम सञ्चालन गरिने छ ।
त्यसैगरी शिक्षा क्षेत्रलाई पनि आगामी वर्षको लागि विशेष प्याकेजद्वारा विद्यालयको शैक्षिक सुधार गर्ने समेत नीति तथा कार्यक्रममा समेटिएको छ ।

गएको पाँच वर्षमा भन्दा केही फरक तरिकाले शिक्षाका लागि स्मार्ट विद्यालय कार्यक्रम लागु गर्दै वर्षेनी छनोट परेका विद्यालयहरुलाई शिक्षाको गुणस्तर र विद्यालयमा विद्यार्थीलाई पढ्ने वातावरणमा निर्माण गर्न शिवसताक्षीका नगरप्रमुख मेगाहाङ्ग थोप्राले जानकारी दिए ।

त्यसका लागि नगरले नीति तथा कार्यक्रममा नै समेटिएको उनको भनाई थियो । नगरका सबै विद्यालयहरुलाई एकरुपता दिदै एउटै कलरको रंगरोगन गर्ने, विद्यालय पूर्वाधारलाई बाल मैत्री बनाइने, शिक्षण सिकाई प्रकृयालाई सूचना तथा संचार प्रविधिको उच्चम प्रयोग र प्रभावकारिता बनाइनेलगायतका योजनाहरु नीति कार्यक्रममा समेटिएको नगरप्रमुख थोप्राको भनाई थियो ।

नगरभित्रको स्वास्थ्य क्षेत्रको सुधार गर्दे नगरबासीका लागि शिवगञ्जमा १५ शैयाको आधारभुत अस्पतालनिर्माण कार्यलाई निरन्तरता दिई आगामी आर्थिक वर्षमा निर्माण कार्य सम्पन्नगरी सञ्चालनमा लाइने नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा नगर उपप्रमुख नरमाया कार्कीले बताइन् ।

दीर्घ रोगबाट पीडित भएका नगरबासीका लागि क्यान्सर, मुटु, मृगौला रोगीहरुलाई उपचारमा सहयोग मासिक ५ हजारका दरले उपलब्ध गराउने, सबै बालबालिकाको लागि खोपको सुनिश्चितता भई नगरलाई पूर्ण खोप सुचिश्चितताको रुपमा घोषणा गरिने नगर उपप्रमुख कार्कीको भनाई थियो ।

उद्योग तथा वाणिज्य नीति अन्तर्गत स्थानीय कलाको प्रवद्र्धन, स्थानीय स्तरमा घरेलु, तथा लघु उद्यमको विकास तथा विस्तारमा जोड दिने, आर्थिक रुपमा पछि परेका आदिबासी, जनजाति, दलित, तथा विपन्न समुदायका युवा युवती लगायत सबै जातजातिका महिलाहरुलाई कृषि पशुपालन, लघु उद्यमशिलता सम्बन्धि तालिमहरु प्रदान गरी रोजगारीको अवसर प्रदान गर्नेलगायतका बुँदाहरु नीति तथा कार्यक्रममा उल्लेख छ ।

पर्यटन क्षेत्रको विकास प्रवद्र्धनका नगरका पर्यटकीय स्थलमा संघ, प्रदेस सरकार, उद्यमी र पर्यटन व्यवसायीहरुको सहकार्य तथा साझेदारीमा पर्यटन विकासमा कर्तालाई नगर भित्रका पर्यटकीय स्थल तथा मनोरञ्जनात्मक क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्दै पर्यटकीय क्षेत्रमा आन्तरिक तथा वाहिय पर्यटकहरु भित्र्याउने नीति तथा कार्यक्रममा समेटिएको छ ।

सहकारी क्षेत्रलाई आर्थिक विकासको महत्वपूर्ण खम्बाको रुपमा विकास गर्न समुदायमा आधारित सदस्य केन्द्रित, लोकतान्त्रिक, स्वायत्त तथा सुशासित संगठनको रुपमा प्रवद्र्धनमा जोड दिइने । सहकारी संस्थाहरुको दर्ता नविकरण तथा व्यवस्थापन पारदर्शी तथा अनुगमन योग् बनाउँदै नियमकारी भुमिका निर्वाह गर्दै सहकारीहरुको साझादेरीमा कृषि पशुपालन कार्यक्रमहरु लागु गर्ने समेत नीति तथा कार्यक्रममा प्रस्तुत गरिएको थियो ।

नगर सडकहरुलाई इन्भटरी तयार गरी सडकको नामकरण गरिने, नगर गौरवको रिङ्गरोड सडक निर्माणको कार्यलाई निरन्तरता दिइने, पर्यटकीय क्षेत्र दोमुखा जाने सडक कालो पत्रे गर्नेमा जोड दिइएको छ । हाम्रो नगर उज्यालोे शहर कार्यक्रमको सुरुवात गरी प्राथमिकताका आधारमा नगरका बजार, चोक, पर्यकीय तथा धार्मिक क्षेत्र र बस्तीहरुमा सडक बत्ती जडान गर्ने कार्यको थालनी गर्ने समेत नीति तथा कार्यक्रममा समेटिएको नगरप्रमुख थोप्राको भनाई छ ।

फोहोर मैला व्यवस्थानको दीर्घकालिन योजना अन्तर्गत ल्याण्ड फिल्ड साइडलाई प्रभावकारी रुपमा अगाडी बढाइने,नगरको फोहोर व्यवस्थापनका स्थानीय जनता तथा नीजि क्षेत्रलाई सम्लग्न गराई फोहोर व्यवस्थापनमा सार्वजनिक निजी साझेदारीका लागि पहल गर्ने समेत काम गरिने छ ।

नगरबासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउनका लागि संघ तथा प्रदेश सरकारबाट साझादारी कार्यक्रम गरी ओभरहेड ट्यांकी सहितको खानेपानी घर घर पु¥याउनका लागि पहल गर्ने । नगरका हाडबजारहरुमा सार्वजनिक शौचालय निर्माण तथा अधुरो शौचालयहरुलाई निर्माण कार्य पुरागरेर प्रयोगमा ल्याउने लगायतका बुँदाहरु नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

आजबाट प्रस्तुत नीति तथा कार्यक्रम माथि छलफल हुने नगरपालिकाले जनाएको छ भने, आगामी १६ गतेमात्र पूर्ण बजेट प्रस्तुत हुने नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : असार ११, २०७९ शनिबार  ८ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]