बैशाख १४, २०८१ शुक्रबार

बाढीबाट विस्थापित परिवारलाई तत्काल राहत वितरण

शिवसताक्षी । सोमवार रातीदेखि परेको अविरल वर्षाका कारण आएको बाढीबाट विस्थापित बनेका शिवसताक्षीका स्थानीयलाई नगरपालिकाले तत्काल राहत वितरण गरेको छ ।

बाढीका कारण त्रिभुवन माध्यमिक विद्यालयमा राखि शिवसताक्षी नगरपालिका वडा नं. ४ का ३३ विस्थापित परिवारलाई शिवसताक्षी नगरपालिकाले राहत वितरण गरेको हो ।

जसमा ३५ महिला, २१ पुरुष,२८ बाल, २२ बालिका, ३५ महिला मध्ये ४ सुत्केरी र १ गर्भवती रहेका नगरपालिकाका कार्यक्रम अधिकृत महेश लामिछानेले जानकारी दिए । जसमा १० परिवार सन्थाल, २६ परिवार ताजपुरिया, राजवंशी समुदायका रहेका छन् । उनीहरुलाई ३३ थान झुल, २ रोल म्याट (१ सय मिटर), ३३ थान तन्ना, १५ थान सिरानी नगरपालिकाले उपलब्ध गराएको छ । शिवसताक्षीका नगरप्रमुख मेगाहाङ्ग थोप्रा (रोशन), उपप्रमुख नरमाया कार्की लगायतले विस्थापित परिवारलाई राहत वितरण गरेका हुन् ।

त्यसैगरी स्थानीय गोपाल गौरी दिगो विकास प्रतिष्ठानले नगरको एकद्वार प्रणालीबाट ५० केजी चामल, ५ केजी चिनी, ५ लिटर खानेतेल, १४ केजी दाल, १० केजी चिउरा, १ बोरा भुजा, र २ केजी नुन र ६० थान चाउचाउ वितरण गरेको छ ।
शिवसताक्षी वडा नं. ६ का विस्थापित परिवारलाई २६ परिवारमध्ये २२ परिवारलाई स्थानीय जनआर्दश माध्यमिक विद्यालय शिवगञ्जमा र ४ परिवारलाई गौरी शंकर प्राविमा राखिएको छ । उनीहरुलाई वडा कार्यलयले राहत प्रदान गर्ने तयारी रहेको जनाएको छ ।

अविरल वर्षाका कारण शिवसताक्षीका दक्षिणी क्षेत्रका अधिकांश स्थानहरु डुवानमा परेका छन् । शिवसताक्षीको सतासी खोलाको भङ्गालो बस्तीमा पसेपछि प्राथमिक स्वास्थ्य केन्द्र शिवगञ्ज समेत डुवानमा परेको छ ।

प्रकाशित मिति : असार १४, २०७९ मंगलबार  ७ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]