बैशाख १४, २०८१ शुक्रबार

चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप झापामा हुने

बिर्तामोड । ७१ औँ मदन भण्डारी जयन्तीका अवसरमा झापामा ‘चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप’ हुने भएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीको राष्ट्रव्यापी प्रतियोगिता अन्तर्गत आयोजना हुने उक्त प्रतियोगिता नेपाल रिङ रेस्लिङ संघको संयोजनमा यही असार १८ गते शनिबार हुने भएको हो ।

प्रतियोगिताको तयारी सुरु गरिएको जानकारी दिँदै संघकी महासचिव सुवर्ण श्रेष्ठले प्रतियोगितामा विभिन्न पाँचवटा विधामा खेलाडीलाई पुरस्कृत गरिने बताइन् । झापाको केरखास्थित सहिद धर्मभक्त माविमा हुने प्रतियोगितामा हेभिवेट च्याम्पियनले नगद १ लाख २५ हजार, हार्डकोरको विजेताले नगद १ लाख, मिडिल वेटतर्फको विजेताले नगद ९५ हजार, लाइट वेट च्याम्पियनले नगद ६० हजार, ट्याग टिम विजेताले नगद ७५ हजार र महिलातर्फको च्याम्पियनले नगद ७० हजार प्राप्त गर्ने महासचिव श्रेष्ठले जानकारी दिइन् ।

प्रतियोगितामा नुवाकोटे टाइगर, प्रथम हेरिटेज च्याम्पियन डेभिड, चट्टान, साइन, योङ स्याडी, टुप्पी ग्याङे, जोन, सिजे वल्ड, बाका, तन्नु, आकृति, स्पाइडरम्यान, किङ रोवर्टलगायतका नेपालका प्रख्यात रेस्लरहरुको भिडन्त हुनेछ ।
नेपालमा लामो समयदेखि रिङ रेस्लिङ खेलको विकास एवम प्रवद्र्धनमा लागि परेको संघले यो प्रतियोगिताबाट नयाँ खेलाडी उत्पादनमा समेत सहयोग पुग्ने महासचिव श्रेष्ठको भनाई छ ।

विश्वमा नै आकर्षणको रुपमा रहेको यो खेलको नेपालमा विकास सँगै व्यावसायिक खेलाडी उत्पादनमा संघले भूमिका खेलेको छ, उनले भनिन्, यो प्रतियोगिता समेत त्यसतर्फ उन्मुख छ । उनले झापामा हुने यो खेललाई अवलोकन गर्न खेलप्रेमीहरु सो स्थान पुग्ने र अन्य जिल्लामा जस्तै यहाँ पनि उत्तिकै माया पाउने विश्वास व्यक्त गरिन् ।

प्रकाशित मिति : असार १६, २०७९ बिहीबार  ९ : १६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]